बिकी गुप्ता सुखिपुर ९ साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउपालिका वडा नं १ रामपुर चौकमा एन आई सि एशिया बैंकको शाखा रहित बैंकिङ सेवाको उदघाटन भएको छ ।
कार्यक्रममा प्रमुख अथिती लक्ष्मीपुर गाउपालिकाका वार्ड न १ को वडा अध्यक्ष मनिकलाल यादबबाट कार्यक्रम उदघाटन भएको हो। कार्यक्रममा एरिया इनचार्ज जितेन्द्र महाशेट , गोलबजार शाखा मेनेजर प्रदीप साह, गा.पा. लेखापाल नरेश काम्ती , मिथिला अवाजका पत्रकार अन्जन साह मास्टर अनलाईन संवादाता बिक्की गुप्ता ,लगैत सम्पूर्ण समाज सेवी ,विधार्थी ,किसान ,व्यापारी ,महिला तथा सर्वसधारण गरी करिब १ सय ५० जनाको उपस्थिति भएको थिए।
एन आई सि एशिया बैंकको शाखा रहित बैकिङ सेवा हरु ग्राहकहरुलाई विशेष फाईदा, हरेक बचत खाताका ग्राहकहरुले स्वास्थ्य र दुर्घटना बीमा साथै, देशभरका ९० भन्दा बढी सरकारी वा निजी अस्पतालहरुमा स्वास्थ्य परिक्षण गराउँदा ५ देखि २५५ सम्म छुट पाउनेछन्।
नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा ,निक्षेप लगायतका सम्पूर्ण बैंकिंङ सुविधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखमा २४ सै घन्टा चल्ने एटिएमको पनि व्यवस्था गरिएको छ ।बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्र मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ ।
एन आई सि एशिया बैंकको शाखा रहित बैकिङ सेवा दिदा लक्ष्मीपुर गाउपालिका स्थानिय मानिसहरु खुशी भएका छन। शरुकै दिन करिब ६५ जनाले नयाँ खाता खोलेको छ ।