जिबनसैली · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · स्वास्थ्य

लहान ११ मा एक दिने मधुमेह परीक्षण शिविर सम्पन्न

शम्भु चौधरी लहान, २४ कार्तिक । शुभ दीपावलीको पावन अवसरमा सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले लहान ११ को लक्ष्मीनियाँ आधरभुत स्वास्थ्य सेवा केन्द्रमा सोमबार एक दिने मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ।

काठमाडौंमा ल्याब टेक्निसियनका रूपमा कार्यरत लहान ११ पिडरबनी निवासी चन्द्रकान्त चौधरीको आयोजनामा सञ्चालन भएको उक्त शिविरको व्यवस्थापन लक्ष्मीनियाँ स्वास्थ्य केन्द्रका प्रमुख शोभाकर ओरग्यानले गर्नुभएको थियो।

शिविरमा काठमाडौंमा हेल्थ असिस्टेन्ट अध्ययनरत प्रतीक्षा चौधरी तथा बीएस्सी नर्सिङ अध्ययनरत बिबिका चौधरीले स्वास्थ्य परीक्षण तथा सेवा प्रवाहमा सहजीकरण गर्नुभएको थियो।

शिविरमा लक्ष्मीनियाँ स्वास्थ्य केन्द्र सेवा क्षेत्रका साथै आसपासका स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयवासीहरूले मधुमेहसम्बन्धी स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिने अवसर पाएको केन्द्र प्रमुख ओरग्यानले बताए ।

मधुमेह जस्तो दीर्घरोगको समयमै पहिचान, नियमित परीक्षण तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस शिविरले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सकारात्मक योगदान पुगेको लहान ११ का वडा अध्यक्ष सुर्य नारायण चौधरीले बताए।