अर्थ ब्यापार · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · बैँक / वित्त · समाचार

साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रधको १७औँ वार्षिक साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रधको १७औँ वार्षिक साधारण सभा सम्पन्न
शम्भु चौधरी लहान २१ कार्तिक । साना किसान कृषि सहकारी संस्था लिमिटेड भवानीपुर प्र ध सिरहाको १७औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

संस्थाको आयोजनामा सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा प्रतिवेदन,बिमा प्रतिवेदन तथा आगामी आर्थिक वर्षका योजना र कार्यक्रमबारे छलफल गरिएको थियो।

सभामा संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा समिति, शेयर सदस्य तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहकारीमार्फत कृषि क्षेत्रको विकास, किसानको आर्थिक अवस्था सुधार तथा सदस्यहरूलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने विषयमा जोड दिइएको सहकारीका अध्यक्ष रामअवार महतौ बतए ।

साधारण सभामा संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्य केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मागैन कामैत,विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधिहरु,विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुले आ आफना मन्तव्य राखेका थिए ।