खेलकुद · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि बास्केटबल खेलाडी छनौट

संवाददाता मिर्चैया १८ कार्तिक । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारी स्वरूप सिरहामा जिल्ला स्तरीय बास्केटबल खेलाडी छनौट कार्यक्रम मिर्चैयाको स्वस्तीक पाठशालामा सम्पन्न भएको छ।

स्वस्तिक पाठशालाको खेलमैदानमा आयोजित छनौट कार्यक्रम बास्केटबल संघका अध्यक्ष ओम चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

छनौट कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका बास्केटबल खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। आगामी दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सिरहा जिल्लाको प्रतिनिधित्व गर्ने योग्य खेलाडी छनौट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार छनौट प्रक्रियाबाट प्रविन पोख्रेल, अभिमन्यू साहलगायत १२ जना खेलाडी छनौट भएका छन्।

कार्यक्रममा मधेस प्रदेश खेलकुद परिषद्का सदस्य निशेष श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी खेलकुद विकास समिति सिरहाका कार्यालय प्रमुख हुकुमलाल कामती, स्वस्तिक पाठशालाका प्रधानाध्यापक लक्ष्मण गिरीलगायतको उपस्थिति रहेको थियो।