साहित्य

पर्ख ए जिन्दगि …….

पर्ख ए जिन्दगि यहाँ तिम्रो कथा लेखिन्दैछ,

पर्ख न ए जिन्दगि यहाँ मनभरिको पिडा साटिन्दैछ !

एउटा प्रिय चाद गयो अध्यारोमा बिलायर,

नझुल्किनु सुर्य पनि पापि सन्सार देखायर!

यो आखाले नभेटिने सपना देखाउदैछ।

पर्ख न ए जिन्दगि यहाँ मनभरिको पिडा साटिन्दैछ।

तारा झर्यो अधेरिमा रात सङै हराएछ,

आशु थियो शित बनि बिहानि मै बिलाएछ,

निदरिमा टुटेको सपनाहरुआशु बनि देखिन्दैछ।

पर्ख ए जिन्दगि यहाँ मनभरिको पिडा साटिन्दैछ।

सपनाहरु बिथोलियो मध्यरातको त्यो साथमा,

सपनाको चित्कारहरु बहलिन्छ एकहोरो यो बतासमा!

यात्राहरु चौबाटोमा मिसिएको देखिन्दैछ,

पर्ख न ए जिन्दगि यहाँ तिम्रो गला रेटिन्दैछ।

यि शब्दहरुको साथ पनि नछुटियोस जस्तो लाग्छ,

यि साथको बात पनि नटुङ्गियोस जस्तो लाग्छ।

जिन्दगानि नटुङ्गिने बाटो जस्तै देखिन्दैछ,

पर्ख न ए जिन्दगि यहाँ तिम्रो कथा लेखिन्दैछ,

कथा लेखिन्दैछ।

वान्तवा विभूति

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।