जिबनसैली · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · सामाज

छठ पर्व मनाउन मुसहर बस्तीमा मेयर चौधरीद्वारा साडी वितरण

शम्भु चौधरी, लहान २६ कार्तिक । छठ पर्वको अवसरमा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले मुसहर बस्तीका महिलाहरूलाई बिहिबार साडी वितरण गरेका छन्।

छठ पर्वलाई लक्षित गर्दै आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका महिलाहरूलाई पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले मेयर चौधरीले साडी वितरण गरेका हुन्।

लहान नगर पालिका १४ र २४ को राय टोल सहित तिन टोलमा जम्मा ८० जना गरिब तथा विपन्न महिलाई साडी वितरण गरेको हो ।

साडी वितरण कार्यक्रममा स्थानीय महिलाहरूको सहभागिता रहेको थियो। पर्वका बेला नयाँ लुगा लगाउने र छठी माताको पूजा आराधना गर्ने परम्परालाई ध्यानमा राख्दै गरिएको यस सहयोगले मुसहर बस्तीका महिलाहरूलाई राहत पुग्ने विश्वास गरिएको छ।

छठ पर्व सामाजिक सद्भाव, धार्मिक आस्था र पारिवारिक एकताको प्रतीकका रूपमा मनाइन्छ। यस अवसरमा विपन्न समुदायलाई सहयोग गर्दै पर्वको खुसी साटासाट गर्ने कार्यले सामाजिक सद्भाव र आपसी एकतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।