खेलकुद · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

प्रथम सगरमाथा नकआउट फुटबल प्रतियोगिता सञ्चालन

शम्भु चौधरी, लहान २६ कार्तिक । प्रथम सगरमाथा नकआउट फुटबल प्रतियोगिता २०८३ धनगढीमाई न पा १२ को डोटेल मा वि विष्णुपुरकटटी को खेलमैदानमा बिहिबार देखि सञ्चालन भएको छ।

लहान नगरपालिका २४ द्धरा आयोजित उक्त खेल प्रतियोगिताको उद्घाटन नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले गर्नुभएको थियो। खेल उदघाटन गर्दे प्रमुख चौधरीले भने स्वास्थ्य रहनको लागी खेल आवश्यक माध्यम हो । खेलबाट लागु औषध जस्ता कुलतमा लागेका युवाहरुको मनोबृति परिवर्तन गर्ने उपाय पनि हो ।

यस प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान, खेलकुदको विकास तथा युवाहरूमा आपसी सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने विश्वास लिएको लहान २४ का वडा अध्यक्ष रासलाल रायले बताए ।

उद्घाटन खेल लहान २४ सिरहा र धनगढीमाई एफसी सिरहा विच भएको थियो । खेल निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो। खेलप्रेमी दर्शकहरूको बाक्लो उपस्थिति र खेलाडीहरूको उच्च मनोबलले आजको उद्घाटन खेल यादगार बनेको छ।