• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने

नेपाल पोस्ट दैनिक
    February 21, 2024  मा प्रकाशित

Spread the love
      

शिव नारायण महतो *

कुनैपनि समाज वा राष्ट्र निर्माण एवं विकासमा महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका हुन्छ । महिला र पुरुषलाई एउटै रथका
दुई पांग्राको रुपमा लिने गरिन्छ । कुनै एकको अभावमा अर्काको अस्तित्व समेत रहन सक्दैन । सामाजमा महिला वा पुरुषको
संख्यामा हुने ठूलो असमानताले पारिवारिक र सामाजिक बनोट,संरचना र सम्बन्धमा असर पार्नुका साथै सामाजिक र आर्थिक
विकासमा समेत नकारात्मक असर पर्दछ । मधेश प्रदेश नेपालको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको र क्षेत्रफलको आधारमा सबैभन्दा सानो प्रदेश हो । यस प्रदेशमा १०० भन्दा बढी जातजातिहरु बसोबास गरेकोमा यादव, मुसलमान,
तेली, थारु, कुशवाहा/कोइरी, चमार, धानुक जातिका मानिसहरुको बसोबास बढी छन् । यस प्रदेशका अधिकांश मानिसहरु मैथिली, भोजपुरी र नेपाली बोल्ने गर्छन् । यस प्रदेशको प्रमुख आर्थिक क्रियाकलाप कृषि र व्यापार हुन् । भर्खरै सार्वजनिक भएको नेपाल जीवनस्तर सर्वेक्षण चौंथोको नतिजा अनुसार नेपालमा कूल जनसंख्यामध्ये करिब ५९ लाख अर्थात २०.२७% मानिसहरु गरिब रहेका छन् । त्यसमध्ये मधेश प्रदेशमा २२.५३% गरिबी रहेका छन् । करिब १५ लाख गरिबी रेखा मुनि रहेका
मानिसहरु यस प्रदेशमा बसोबास गर्दछन् । अर्थात मधेश प्रदेशका करिब १५ लाख मानिसहरु गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र आधारभूत सुविधाहरुबाट बञ्चित रहेका छन् । यहाँका समाजमा परम्परागत संस्कार र संस्कृत्तिको परिपालनामा कडा
नियम छन् । अन्तरजातिय विवाह गर्ने जोडीलाई परिवार र समाजबाट बहिस्कार गर्ने चलन अझै कायम रहेको छ । कानुनी रुपमा विवाहको उमेर २० वर्ष कायम भएपनि यस प्रदेशमा अझै धेरै महिलाहरुको बिहे २० वर्ष नपुग्दै हुने गरेको देखिन्छ । यस
प्रदेशमा अझै पितृसत्तात्मक सोच कायमै रहेको र वंशीय निरन्तरताका लागि छोरा जन्माउने प्रचलन छ।

परापूर्व कालदेखि प्राकृतिक रुपमा समाजमा महिला र पुरुषको संख्यामा सन्तुलन हुँदै आएकोमा पछिल्लो समयमा समाजमा पुरुषको तुलनामा महिलाको जन्म अनुपात घट्दै गएको देखिन्छ । वैज्ञानिक अनुसन्धानले अन्तर्राष्ट्रिय रुपमा नै जन्म हुँदाको
लैंगिक अनुपात १०५ अर्थात प्रति १०० महिलामा १०५ पुरुषको जन्मलाई स्वभाविक मान्दै आएकोमा नेपालमा र विशेषगरी मधेश प्रदेशमा यस अनुपातमा ठूलो विरचण बढ्दै गएको देखिन्छ । पछिल्लो समयमा प्रजनन् उमेरका धेरै महिलाले गर्भजाँच गरेर छोरामात्र जन्माउने, छोरी भए गर्भपतन गराउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । मधेश प्रदेशमा बढ्दै गएको दाइजो प्रथा, भड्किलो विवाह शैली र महंगो विवाह खर्च, पितृसत्तात्मक समाज, महंगो शिक्षा, स्वास्थ्य एवं जीवनशैली, ढिलो विवाह गर्ने प्रवृत्ति र एक वा दुईमात्रै बच्चा जन्माउने प्रवृत्ति बढ्दै गएकाले महिला भन्दा पुरुषको संख्या बढ्दै गइरहेको छ र यसले सामाजिक सन्तुलनमा समेत असर पार्ने देखिन्छ ।
राष्ट्रिय जनगणनाको कतिपय नतिजाले वर्तमान समयको परिदृश्य बताउने गरेको छ भने कतिपय तथ्याङ्कले भविष्यमा हुन सक्ने चुनौतीका बारेमा समयमा जानकारी दिने गर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशमा जन्म हुँदाको लैंगिक अनुपात ११८ देखिन्छ । यसले जनगणनाको समयभन्दा विगत बाह्र महिनामा १०० महिलाको जन्म हुँदा ११८ पुरुषको जन्म भएको बताउँछ । यसले २० वर्ष पछि हरेक १०० जना पुरुषले विवाहका लागि महिला जोडी पाइराख्दा १८ पुरुषलाई विवाहका लागि महिला जोडी नपाइने स्थिति आउने चुनौती देखिन्छ । मधेश प्रदेशमा जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी जन्मदाको लैंगिक अनुपात धनुषामा १३३ रहेको छ भने सिरहामा १२८, सप्तरीमा १२३, महोत्तरी र पर्सामा ११७, सर्लाहीमा ११६ रहेका छन् भने सबैभन्दा कम रौतहट र बारा जिल्लामा १०८ रहेका छन् । यसरी धनुषा, सिरहा र सप्तरीमा जन्ममा लैंगिक अनुपात झनै बढी रहेको देखिन्छ । बालबालिकालाई भोलीका समाज एवं देश विकासका कर्णाधार मानिन्छ । अहिले जन्मेको बच्चा उमेर बढ्दै जाँदा भोलीका दिनमा उसले सामाजिक, आर्थिक विकासमा सक्रिय हुँदा समाजमा प्रभाव पार्ने भएकाले वर्तमान परिदृश्यलाई विश्लेषण गरी समयमै उपयुक्त नीति, योजना र कार्यक्रम बनाउनु पर्छ ।

विवाहलाई सामाजिक बन्धन र विश्वव्यापी रुपमा नै सामाजिक आवश्यकता मानेकोमा
समाजमा हुने महिला र पुरुषको संख्यामा देखिने असमानताले सामाजमा विभिन्न
किसिमका विकृतिहरु समेत निम्तिन सक्ने देखिन्छ । सबै पुरुषहरुले विवाहका लागि
महिला जोडी नपाउँदा समाजमा महिला हिँसा, दुर्व्यहार, महिला अपहरण,
बलत्कार,वेश्यावृत्तिका घटना बढ्न गइ सामाजिक सम्बन्ध, रहनसहन र संस्कृति माथि
नकारात्मक असर पर्ने भएकाले यसलाई सन्तुलनमा ल्याउन समयमै उचित कदम चाल्नु
आवश्यक देखिन्छ ।

प्रजनन् उमेर समुह (१५-४९ वर्ष) का महिलाको उमेर बढ्दै जाँदा पुरुष बच्चा जन्माउने इच्छा पनि बढ्दै गएको देखिन्छ । मधेश प्रदेशमा प्रजनन् उमेर समुह (१५-१९ वर्ष) उमेर समुहका महिलाले जन्माएका बच्चाको लैंगिक अनुपात १०७ रहेकोमा (४५-४९
वर्ष) समुहका महिलाले जन्माएका बच्चाको लैंगिक अनुपात १३२ रहेको देखिन्छ । ढिला बिहे गर्ने, कम बच्चा जन्माउने र छोरा जन्माउने इच्छाले लैंगिक अनुपात बढ्दै गएको देखिन्छ ।

15-19           20-24            25-29         30-34         35-39         40-44          45-49
107                114                122              130               129             123               132

जन्म हुँदाको लैंगिक अनुपात

आमाको उमेर समुह

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशमा रहेको कूल जनसंख्या ६१ लाख १४ हजारमध्ये १० वर्ष र सो भन्दा माथिका जनसंख्या ४७ लाख ७० हजारमा पुरुष २३ लाख ५५ हजार र महिला २४ लाख १४ हजार मध्ये ९ लाख २८ हजार पुरुष र ६ लाख ६६ हजार महिला अविवाहित रहेका छन । त्यसैगरी १० वर्षभन्दा मुनिका जम्मा जनसंख्या १३ लाख ४४ हजारमा पुरुष ७ लाख १० हजार र महिला ६ लाख ३३ हजार छन । यस प्रकार मधेश प्रदेशका कूल जनसंख्यामा २९ लाख ३९ हजार अविवाहित जनसंख्या रहेकोमा १६ लाख ३८ हजार अर्थात ५५.७५ प्रतिशत पुरुष र १३ लाख मात्र अर्थात ४४.२५ प्रतिशत महिला अविवाहित छन् । यसरी अहिले कायम रहेकै जनसंख्यामा ३ लाख ३८ हजार पुरुषले विवाहका लागि महिला जोडी नपाउने देखिन्छ । यसरी अबको २० वर्षपछि प्रत्येक १०० जना महिलाको विवाह हुँदा १५ देखि १८ जना पुरुषले जोडी नभेट्टाउन सक्छन्।

55.75   पुरुष

44.25    महिला

कूल अविवाहित जनसंख्यामा महिला र पुरुषको प्रतिशत

त्यसैगरी विदेशमा बसोबास गर्ने मधेशका अनुपस्थित जनसंख्या ३ लाख ४ हजारमध्ये पुरुष २ लाख ९२ हजार र महिला ११ हजार छन । अनुपस्थित मध्ये २५ वर्ष मुनिका पुरुष १ लाख २७ हजार रहेको र अधिकाशं अविवाहित रहेका छन । आगामी दिनमा यी अनुपस्थित पुरुष यूवाहरु स्वदेश फर्केर विवाह बन्धनमा बाँधिने भएकाले भविष्यमा झनै अविवाहित महिलाको संख्या कम हुने देखिन्छ ।

मधेश प्रदेशमा अहिले नै अधिकाशं जातजातिमा पुरुषलाई विवाहका लागि महिला जोडी भेटाउन मुस्किल भएको छ भने जोडी मिले पनि दुलहा र दुलहीको उमेरमा ठूलो असन्तुलन रहेको देखिन्छ । विवाहका लागि पुरुष र महिलाको उमेरमा देखिने ठूला असन्तुलनले दम्पत्ति बीचको सम्बन्धमा समेत नकारात्मक असर पर्ने गरेको देखिन्छ । यस प्रदेशमा अझै अधिकाशं महिलाहरुको बिहे २० वर्ष नपुग्दै हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार गणनाको समयदेखि विगत १२ महिनासम्म जन्मेका कूल ९६,५५७ शिशुहरु मध्ये ८,२४१ अर्थात ८.५% शिशु (१५-१९) वर्ष उमेर समुहका महिलाले जन्माएको देखिन्छ ।
अन्त्यमा, मधेश प्रदेशमा बढ्दै गएको जन्म हुँदाका लैंगिक अनुपातलाई नियन्त्रण गरी लैंगिक समानता कायम गर्न र महिला सशक्तिकरणका प्रदेश र स्थानीय सरकारले विगतमा संचालन गरेका " मुख्यमन्त्री बेटी पढाँऊ , बेटी बचाँऊ " लगायतका कार्यक्रमको प्रभावकारीताको मूल्याङ्कन गर्दै महिलालाई शिक्षा एवं रोजगारीमा प्रोत्साहन गर्ने, दाइजो प्रथा अन्त्य गर्ने, लिङ्ग पहिचान गरि हुने भ्रुण हत्यालाई

नियन्त्रण गर्न कानुनी प्रावधान गर्ने र यस कार्यमा गैरकानुनी रुपमा संलग्न अस्पताल एवं क्लिनिक र त्यसमा संलग्न डाक्टर वा चिकित्सकलाई कडा कारवाहीको व्यवस्था गर्नु आवश्यक छ । त्यसैगरी लैंगिक समानता सम्बन्धि सामाजिक जनचेतना अभिवृद्दि गर्ने, महिलालाई प्राविधिक शिक्षामा प्राथमिकता दिने, महिलालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने जस्ता नीति, योजना र कार्यक्रम बनाइ त्यसको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक देखिन्छ । प्रदेश र स्थानीय सरकारले संघीय निकायहरुसंग समेत मधेश प्रदेशमा बढ्दै गएको जन्म हुँदाको लैंगिक अनुपातलाई नियन्त्रण, लैंगिक समानता र महिला सशक्तिकरणका लागि आवश्यक सहकार्य एवं समन्वय गर्नु आजको आवश्यकता रहेको देखिन्छ ।

*लेखक, तथ्याङ्क कार्यालय उदयपुरमा तथ्याङ्क अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज नेपाल प्रहरी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउदै
  • डा. संगीताको मात्र होइन कुलमान विरूद्ध पनि उजुरी छ अख्तियारमा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • काशीराम ठाकुरको करौडोको जग्गा हडफे, ठाकुर न्यायको खोजिमा
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑