साहित्य

शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर, ठाउँठाउँमा दाउरा बाली आगो ताप्ने क्रम जारी

आरोहण शाह, वीरगञ्ज ३ पुष । पर्सा, बारा लगायत मध्य तराईका जिल्लाहरूमा मगलबार बिहानै देखि घाम नलागेका कारण चिसो बढेर जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरुमा अत्यधिक रुपमा बढेको शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । चिसो र शीतलहरले मान्छेहरु बाहिर हिँडडुल गर्न सकेका छैनन् ।
मौसम परिवर्तन भएसँगै आज देखि एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण पर्सा सहित तराईको जनजीवन कष्टकरमय बनेको छ । विशेषगरी बारा, पर्सा, रौतहट, जिल्लावासी प्रभावित भएका छन् । चिसो हावाका कारण पर्सा सदरमुकाम वीरगञ्जको बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको छ । शीतलहरले चिसो बढेपछि बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घर बाहिर निस्कनसमेत समस्या भएको छ । चिसो छल्न ठाउँठाउँमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ ।

अत्यधिक चिसोका कारण विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि न्यून भएको छ । जाडो बढेका कारण न्यानो लुगाको बिक्रीमा एक्कासि वृद्धि भएको छ । केहि दिन अगाडि तराईका जिल्लाहरू वर्षा भऐकोले चिसो बढेको छ । अचानक चिसो बढ्दै मौसममा परिवर्तन आउँन थालेपछि दैनिक ज्याला मजदुरी गरि जिविका पार्जन गर्ने सर्वसधारणहरु प्नि प्रभावित भएका छन् । चिसो र शीतलहरले गर्दा बाहिर हिँडेर काम गर्न सर्वसधारण मजदुरीलाई पनि समस्या भएको छ ।
चिसोले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन । बिरामी हुने क्रम पनि बढेको छ । बूढाबूढीमा दम, खोकी, ज्वरो र भाइरलको समस्या देखिएको छ । बिहान बेलुका मात्र हुस्सु लाग्ने र निकै चिसो लागने गथियो तर आज बिहानै देखि एक्कासि चिसो बढेको कारण साना नानी विद्यालय जान नमान्ने र चिसोको कारण नसक्ने अवस्थासमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।