बैँक / वित्त

ब्याजदरमा संयमित बन्दै बैंकहरु,

काठमाडौं ३ भदौ,। बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् ।

गत वर्ष २८ वाणिज्य बैंकहरुको वित्तीय विवरण हेर्दा अधिकांशले बेस रेट घटाएको पाइएको छ, जुन ऋणीहरुका लागि राहतको विषय हो ।

बैंकहरुले आफूखुशी ब्याजदर बढाएर ऋणीहरूलाई मारमा पार्ने गरेको विषयमा बारम्बार गुनासो आउने गर्छ । खासगरी ऋण लिएर व्यवसाय गर्ने उद्योगी–व्यवसायी ब्याजदरबाट अत्यधिक पीडित छन् ।

६ प्रतिशतमा लिएको ऋणको ब्याजदर एक वर्षभित्रै १२ प्रतिशत पुग्दा उनीहरू मर्माहत हुनु स्वभाविकै हो । गत आवमा भने बैंकहरुले बेस रेट घटाएर व्याजदरमा संयम अपनाएको देखिन्छ ।

गत आर्थिक वर्ष ०७५/७६ मा बैंकहरुको बेस रेट औसत ९.५५ प्रतिशतमा झरेको छ ।

यो अघिल्लो आव ०७४/७५ को तुलनामा करिब १ प्रतिशतले न्यून हो । अघिल्लो आवमा औसत बेस रेट १०.४२ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।