आफै भित्र थाकेर गल्दै छ मेरो मन
सोचाईको छटपटीमा दनदनि बल्दै छ मेरो मन
सहनै सक्दिन विष पिउदै छु कि दु:ख ढुक्कढुकिको पिडाहरुमा जल्दै छ मेरो मन
ढ्ल्दै छ यि रातहरु सम्झेर गल्दै छ झन् आधिहुरिको सङ्ग्रामसँग चल्दै छ मेरो मन
मौनतालाई चिर्नै गाह्रो भो बुझ्नु कसरि मन ? स्थिति देखेर तिम्रो ढल्दै छ मेरो मन ।
लक्षमी बान्तावा ( विभूति ) काठमाडौं