शम्भु चौधरी लहान २४ माघ । ग्रामिण उद्यम तथा विप्रेशषण आयोजना (समृद्धि) इटहरीको आयोजना धनगढीमाई नगरपालिका १ स्थित सगरमाथा कृषक समुह, नवप्रतिभा महिला कृषक समुह र स्थानिय सेवा प्रदायक संस्थाहरु बिच व्यवसय व्यवसाय बिचको सम्वन्ध बिस्तार र व्यवसाय र सेवा प्रदायहरु बिच सम्वन्ध विस्तार सम्वन्धि अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
सेवा प्रदाय संस्थाहरु कृषी विकास वैंक लहान शाखाका ऋण अधिकृत विष्णु धिमिरेले कृषी विकास वैंकबाट प्रवाह गर्ने सेवा प्रवाह प्रक्रिया र आवश्यक कागजातहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
व्यवसायीक योजना सहित स्मृद्धि आयोजना ले सिफारीस गरेमा सहज रुपमा ऋण उपलब्ध गराउन सकिने बताउनु भयो । त्यस्तै सानीमा ईन्सुरेन्स लहान शाखाका प्रमुख राम कुमार साहले कृषि बिमा र यसको फाईदा बारे जानकारी गराउनु भयो ।
त्यस्तै छपरारी बजार स्थित रहेका अमिर एग्रोभेटका संचालक अमिर लाल यादवले कृषकहरुलाई चाहिने आवश्यक प्राविधिक सहयोग गराउने कार्यक्रम बिच प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रम सगमाथा कृषक समुह धनगढीमाई न पा १ बाखरका अध्यक्ष लक्ष्मी नारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संचालन स्मृद्धिका कर्मचारी प्रकाश खडका गर्नु भएको थियो ।