जेठ २५ लहान – ग्लोबल वार्निङ्गलाई नियन्त्रण गर्न लहान सिटी जेसिसद्वारा सिरहाको लहान नगर पालिका वडा नम्बर ७ स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक बिधालयमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ्।
बिश्व बाताबरणको उपलक्ष्यमा लहान लहान सिटी जेसिजका बर्तमान अध्यक्ष उमेश कुमार यादवले एक औपचारिक कार्यक्रमको आयोजना गरी बृहत रूपमा कार्यक्रम सम्पन्न गरेको हो।
समाजिक उतरदायित्व निर्वाह गर्दै जेसिजले पछिल्लो समय समाजको हित हुने गरी दर्जनौं कार्यक्रम संचालन गर्दै आएको उपाध्यक्ष नित्यानन्द साहले जानकारी दिनु भयो।
देशमा दक्ष युवा नेतृत्व उत्पादनको अभिभारा बोकेका जेसीजले समाजिक भुमिका निर्वाह गर्दै आएका समाजसेवी राकेश झाले बताए। पुर्व अध्यक्ष रामानन्द गुप्ताका अनुसार उक्त संस्था दक्ष जन शक्ति उत्पादनमा अहम् भुमिका निर्वाह गर्दै आएको उनले बताए।
बृक्षा रोपनको कार्यक्रम बर्तममान अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा ईलाका प्रसाशन कार्यालय लहानका प्रमुख लिला कान्त पौडेल रहनु भएको चन्द्र कला बछारले जानकारी दिनु भयो।बिशिस्ट अतिथिमा लहान जेसीजका संस्थापक अध्यक्ष बसन्त साह पशुपति आदर्श उच्च माध्यमिक बिधालयका प्रधान अध्यापक डा.महेन्द्र प्रसाद चौधरी अतिथिहरुमा पुर्व अध्यक्ष उमेश चौधरी ईलाका प्रहरी कार्यालय लहान का असैइ मुना साह लगायतका अतिथिहरुको उपस्तिथि रहेका थिए।
प्रमुख अतिथि पौडेलका अनुसार सराहनीय कार्य हो राज्यले गर्नु पर्ने कार्य लहान संघ संस्थाले गर्दा आफू दुख व्यक्त गर्दै बृक्षा रोपनले केहि मात्रामा ग्लोबल बार्निङ्गलाई रोक्न सक्छौ बताए।