लहान – सिरहाको लहानमा संचालनमा रहेको दर्जनौं ईन्स्टिच्युटहरुले फेर्वेल कार्यक्रम सम्पन्न गरेका छन्। एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुले बृज कोर्स ईन्टान्स तयारीको लागी ज्वाईंन गरेका ईन्स्टिच्युटले एसईई परिक्षाका रिजल्ट आए पछि उतिर्ण भएका विद्यार्थीहरुलाई अध्यनरत ईन्स्टिच्युटले विद्यार्थीलाई हौसला बुलन्द गर्न भब्य कार्यक्रमहरुको आयोजना गरी बिदाई समारोह सम्पन्न गरेका छन्।
एक औपचारिक कार्यक्रमको आयोजना गरी लहान ८ स्थित संचालनमा रहेको बिशाल ईन्स्टिच्युटले छोटाे समय निकै चर्चा बटुलेका छन्।उक्त ईन्स्टिच्युटमा शिक्षक सेवा लोक सेवाका सम्पुर्ण तयारी कक्षा संचालनमा रहेका छन्। लोक सेवाका लागी उपयुक्त ईन्स्टिच्यु हुन संस्थाले बाहिरका दक्ष शिक्षक द्वारा कक्षा संचालन गर्दै आएको जनाए।
कम्प्युटरका सम्पुर्ण कोर्स ११/ १२ का टिउसन कोचिङ्ग विद्यार्थीलाई टेकनिकल शिक्षाको लागी देश बिदेशका विभिन्न कलेजमा पठाउने गरेको ईन्स्टिच्युटका संस्थापक सिओ बिशाल चौधरी साहले जनाए।
संस्थापक चौधरीको अध्यक्षतामा सुरुको कार्यक्रममा प्रमुख अतिथि शिक्षा बिध रोयल सफटेक कलेजका संस्थापक अध्यक्ष प्रमुख डा.माहादेव साह रहनु भएको थियो। बिशिस्ट अतिथिमा प्राध्यापक ब्रजमोहन अधिकारी नवीन कुमार साह,भरत साह भोला जित नेपाल, लगायतका अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन प्राध्यापक लाल बिहारी यादवले गरेका थिए।
उक्त कार्यक्रममा विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको प्रियंका कुमारी दासले जानकारी दिनु भयो।
विद्यार्थीलाई बिदाई गर्दै बिशिस्ट ब्यक्तीहरुले शैक्षिक यात्रा सफलताको सुभकामना दिएको थियो।