शम्भु चौधरी, लहान १७ असार । बालविबाह तथा दाईजो प्रथा सम्बन्धि जनचेतना मुलक पाँच दिने तालिम भगवानपुर गाँपालिका ३ मा शनिवार सम्पन्न भएको छ ।
असार ११ देखि असार १५ सम्म संचालन सो तालिमको मुख्य उद्धेश्य समाजमा मुख्य रुपमा रहेको कुरीती बालबिवाह तथा दाईजो प्रथालाई न्युनिकरण गर्ने हो । यस तालिममा वडा ३ का ६० जना महिला तथा युवतीहरुको सहभागीता रहेका आयोजक संस्थाका अध्यक्ष कृष्णदेव यादवले बताए ।
अहिले पनि मधेशी समुदायमा फाटफुट रपमा बालबिवाह भईरहेको पाईन्छ साथै हाम्रो मधेशी समुदायमा दाईजो लिएको कारण ठुला ठुला घटनाका कारणहरु देखि रहको पाईन्छ त्यसलाई न्युनिकरण गर्न यस्ता खाले तालिम संचालन गरिएको हो ।
भगवानपु्र गाउँपालिकाको आर्थिक सहयोग र सागरमाथा सामुदायिक विकास केन्द्र नेपाल बलान बिहुन ४ सप्तरीको आयोजनामा संचालन तालिमको मुख्य प्रशिक्षकको रुपमा पत्रकार शम्भु प्रसाद चौधरी रहेको आयोजक संस्थाका अध्यक्ष कृष्णदेव यादवले बताए ।