• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको सुरुङा–१० थलहामा बेहुलीलाई यातना, अभिभावक बीच तनाव

नेपाल पोस्ट दैनिक
    September 24, 2025  मा प्रकाशित

Spread the love
      

सिरहा ८। सप्तरीको सुरुङा नगरपालिका १० थलहामा प्रेम सम्बन्धकै आधारमा गरिएको बिहे पछिल्लो सात दिनदेखि विवादमा तानिएको छ। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका नागेन्द्र यादव (नुनु) र प्रियंका कुमारी यादवलाई विद्यालयमै लुकिछिपि कुराकानी गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर समाजिक परम्परा अनुसार विवाह गरिदिएका थिए। तर बिहेपछि बेहुलीलाई बेहुलाको घरमै खान समेत नदिई ‘बन्धक’ बनाएर राखिएको गुनासो सार्वजनिक भएपछि घटनाले थप जटिल रुप लिएको छ।

प्रियंकाका बुवा तराचन्द यादवका अनुसार विवाहको निर्णय सामाजिक दबाबकै कारण तत्काल स्वीकार गरिएको थियो। तर पछिल्ला दिनमा छोरीको अवस्था अत्यन्त दयनीय भएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनका शब्दमा, “छोरीलाई घर पठायौं, तर सात दिनदेखि खानसम्म नदिई घरमै थुनिएको छ। यस्तो अमानवीय व्यवहार सहन सकिँदैन।”

यसैबीच बेहुला नागेन्द्रका पिता भोला प्रसाद यादव माथि धम्की दिएको आरोपसमेत सार्वजनिक भएको छ। तराचन्द यादवका अनुसार भोलाप्रसादले, “यदि मेरो छोरा यसरी बिहे गर्छ भने म उसलाई घरमै पासो लगाइदिन्छु” भन्ने धम्कीसमेत दिएका छन्।
युवतीले आफूलाई जस्तोसुकै यातना दिँदा पनि श्रीमानकै घरमै बस्ने अडान दोहोराएकी छिन्। तर, केटा पक्षका काका शम्भुनाथ यादवले विवाह जबर्जस्ती गराइएको दाबी गर्दै कुनै हालतमा बुहारी स्वीकार नगर्ने बताइरहेका छन्।
घटनाबारे अहिले सम्म सुरुङा नगरपालिकाको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन। जिल्ला प्रहरी कार्यालय सप्तरीले पनि यसबारे सार्वजनिक धारणा जनाएको छैन। तर पीडित पक्ष घटनाबारे औपचारिक उजुरी दर्ता गर्ने तयारीमा रहेको बुझिएको छ। यस घटनाले मधेसमा अझै पनि प्रेम विवाहलाई लिएर अभिभावकबीच देखिने विवाद र त्यसले ल्याउने सामाजिक–कानुनी चुनौतीलाई उजागर गरेको देखिन्छ।
मानवअधिकारकर्मीहरूका अनुसार यदि कुनै व्यक्तिलाई जबर्जस्ती थुनिएको, खान नदिएको वा दबाब दिइएको प्रमाणित भएमा यसलाई ‘अमानवीय व्यवहार’ र ‘आपराधिक कार्य’ मानिन्छ। कानुनले यस्तो व्यवहारलाई कारबाहीको दायरामा ल्याउने प्रावधान राखेको हुँदा प्रहरी प्रशासन तत्काल छानबिनमा जुट्नुपर्ने बताइएको छ। घटनाले गाउँमा तनाब चुलिएको छ। कतिपयले अभिभावकबीचको विवादले नकारात्मक असर बढाएको भन्दै तत्काल समाधान खोज्न आग्रह गरेका छन्।
प्रियंकाको सुरक्षा, न्याय र अधिकार सुनिश्चित गर्न राज्यले तत्काल कदम चाल्नु अपरिहार्य भएको छ। प्रेम कुनै अपराध होइन, तर प्रेम गर्ने युवतीलाई कालकोठरीमा थुन्नु भने मानवता विरुद्धको अपराध हो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑