लहान, १५ जेठ । लहान ३ हस्पिटल चौकस्थित अत्याधुनिक फैमली डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । बिहीबार लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले फैमली डेन्टल क्लिनिकको रिबन काटेर उदघाटन गरिएको छ।
नगर प्रमुख चौधरीले रिबन काट्दै भने (“लहानमा फैमली डेन्टल क्लिनिकले दातमा लागेका रोग दातमा भएका सम्स्यालाई सजिलो तरिकाले बैज्ञानिक तरिकाले नयाँ प्रबिधीद्वारा यहाँका नगर बासिलाइ फेमिली डेन्टल क्लिनिकले सहयोग पुर्याउननु हुन्छ र सर्वसुलभ रुपमा बिरामीको चाहना अनुरुप सेवाप्रदान होस् भनेर भनेका छन् ।
फैमली डेन्टल क्लिनिकका सञ्चालक डा.मो. अफ्रोज वि.डि.एस , बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पढेर आफ्नो गाउँठाउँमा सेवा दिन ईच्छुक भएको बताए ।
डा. अफ्रोजका अनुसार – पहिलो महिनाको लागि दाँत, मुख, तथा गिजा जाँच गराउन आउँदा २० प्रतिशत देखि ३० प्रतिशत सम्मको छुट सहितको सेवा प्रदान गरिएको बताए । क्लिनिक उदघाटन कार्यक्रममा उल्लेखनीय स्थानीयहरु बौद्धिक सर्कलका व्यक्तित्व तथा लहानका डाक्टरहरु, सञ्चारकर्मीहरुको उपस्थिति देखिएको थियोे ।