जिबनसैली · प्रदेश २ · बिधालय · समाचार · स्वास्थ्य

लाइन्स क्लब अफ लहान सनसाइनद्वारा रक्तदान कार्यक्रम

सचिता सिंह थारु,लहान २० असोज । लाइन्स क्लब अफ लहान सनसाइनको आयोजनामा लहानमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्त अभावका कारण उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विधालयका शिक्षक, अभिभावक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा ११ जना महिला र ११ जना पुरुष गरी जम्मा २२ जना सहभागी रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। आयोजकका अनुसार संकलित रगत आवश्यक परेका बिरामीहरूको उपचारमा सहयोग पुगने छ।

तपाईको एक थोपा रगतले कसैको जिवन बचाउन सकिनछ भने नारालाई सकार पर्न लोटस सेकेन्डरी ईगलिस बोर्डिग स्कुल लहान ८ सिरहाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको विधालयका सह प्रधानध्यापक अरुण कुमार चौधरीले बताए ।

रक्तदान महादान, मानव सेवाको महत्वपूर्ण कार्यका रूपमा लिईन्छ साथै नियमित रक्तदानले आपत्कालीन अवस्थामा बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिनु पर्ने सह प्रअ चौधरीले बताए।

कार्यक्रममा सहभागी रक्तदाताहरूलाई आयोजकले धन्यवाद दिँदै आगामी दिनमा पनि सामाजिक सेवा र मानवीय सहयोगका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

लाइन्स क्लब अफ लहान सनसाइनले विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सक्रिय रहँदै आएको र रक्तदान कार्यक्रमले समुदायमा सेवाभाव तथा सामाजिक उत्तरदायित्वको भावना थप बलियो बनाउने विश्वास आयोजकले बताएका छन।