खेलकुद · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सुरु

शम्भु चौधरी,लहान ३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै मधेस प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सिरहाको लहानमा सुरु भएको छ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि योग्य खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन्। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनेछन्।

प्रदेशस्तरमा बुद्धिचाल खेलको विकास, विस्तार तथा प्रतिभावान खेलाडीको पहिचान गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा मधेस प्रदेशका आठवटै जिल्लाबाट आएका बुद्धिचाल खेलका प्रशिक्षक, कोच तथा खेलाडीहरूको सहभागिता रहेको छ।

जिल्ला खेलकुद विकास समिति सिरहाका अध्यक्ष श्रवण ठाकुरीको अध्यक्षतामा प्रतियोगिता प्रारम्भ भएको हो। कार्यक्रमका विशिस्ट अतिथि जिल्ला खेलकुद विकास समिति सप्तरीकाका प्रमुख टन्क प्रसाद मन्डल रहनुभएको थियो। कार्यक्रममा सिरहा जिल्ला बुद्धिचाल संघका अध्यक्ष तथा उपाध्यक्ष आशिष झा लगायत पत्रकार हरुको उपस्थिति रहेको थियो।