शम्भु चौधरी, लहान ३० कार्तिक । तेस्रो माँ मुसहरनिया फुटबल प्रतियोगिता २०८३ को फाइनल खेल सोमबार सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल सुरुगा ८ सम्सेरपुरले कुशहा श्रपिुरलाई २ – १ गोल अन्तरले पराजित गर्दै कब्जा गरेका छन । खेल उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
खेलकुद, स्वास्थ्य र एकता हाम्रो अभियान भन्ने मुल नाराका साथ संचालित खेलले स्थानीयस्तरमा फुटबल खेलको विकास गर्ने, युवाहरूको खेल प्रतिभा उजागर गर्ने तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
प्रथम स्थान हासिल गरेका सम्सेरपुरले नगद रु ५५ हजार ५ सय ५५ कप मेडल तथा प्रमाण् पत्र पाएको छ भने दोस्रो स्थान हासिल गरेका श्रीपुर कुशहाले नगद रु ३५ हजार ५ सय ५५ कप मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । प्रथम हुने टिमलाई नगर प्रमुख गीता चौधरीले कप तथा मेडल प्रदान गरिएको थियो भने दास्रो हुने टिमलाई नगर उपप्रमुख रुद्र बहादुर कार्कीले कप तथा मेडल प्रदान गरिएको थियो ।
फाइनल खेल हेर्न खेल मैदानमा खेलप्रेमी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चित बनाएका थिए । प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा प्रदान गर्नुका साथै आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
प्रतियोगितामा जम्मा ८ वटा टिम सहभागि भएको थियो । स्थानीय स्तरमा यस्ता खेलकुद प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।
माँ मुुहरनिया फुटबल क्लब सुरुगा ८ सम्सेरपुर सप्तरीको आयोजनामा संचालित खेल प्रतियोगिताको पुर्व खेलकुद मंत्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा तथा सुरुगा नगरपालिकाका नगरप्रमुख गीता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

