शम्भु चौधरी लहान २४ चैत्र । दोस्रो सुरुंगा मेयर गोल्डकप फुटवल प्रतियोगिता २०८१ आजबाट सिसुवारीको खेल मैदानमा सुरु भएको छ ।
सुरुंगा नगरपालिका सप्तरीको प्रायोजन र सिसुवारी क्लबको आयोजनामा सो फुटवल प्रतियोगिता सुरु भएको हो । खेल २४ गतेबाट सुरु भई ३० गते फाइनल हुने सिसुवारी क्लबका अध्यक्ष समिर श्रेष्ठले बताए ।
उदघाटन खेल वेलटार उदयपुर र मधेशा सुनसरी बिच भएको र प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगिताको प्रमुख अतिथि मधेश प्रदेशका श्रम मन्त्रि नवल किसोर राय रहेको थियो । प्रमुख अतिथि रायका अनुसार खेल एउटा अनुशासित बनाउने र लागुऔषधबाट छुटकारा दिलाउने माध्यम रहेका बताए ।
प्रकितयोगितामा प्रथम हुने टिमलाई नगद रु. १ लाख १ हजार १ सय ११ मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई नगद रु. ५० हजार ५ सय ५५ मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
सुरुंगा नगरपालिका सप्तरीका मेयर गिता कुमारी चौधरीको अध्यक्षतामा फुटवल प्रतियोगिता २०८१ सुरु भएको हो ।