• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विद्यालय र समाजमा विभेद रोक्न ठोस कदमको आवश्यकता: प्र.ना.नि. बिष्णु सोती

नेपाल पोस्ट दैनिक
    December 10, 2024  मा प्रकाशित

Spread the love
      

सिरहा – लहानमा ३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध दिवस र ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइएको छ। लैङ्गिक हिंसा र मानव अधिकारका विषयमा जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा र्‍याली र अन्तरक्रिया गरियो।
लहान नगरपालिकाको सहकार्यमा मानव अधिकार रक्षक सञ्जालले आयोजना गरेको कार्यक्रममा समग्र जन उत्थान केन्द्र, दलित जनकल्याण युवा क्लब, जीवन ज्योति समाज, अपाङ्ग पुनःस्थापना केन्द्रलगायतका दर्जनौं संघसंस्थाको सहभागिता थियो।
कार्यक्रममा इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्ण सुयाल, लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा, इलाका प्रहरी कार्यालय लहानका इन्चार्ज विष्णु प्रसाद सोती, मानव अधिकार सञ्जाल केन्द्रका अध्यक्ष उमेश बिसुकेलगायतले उपस्थिति जनाएका थिए।
कार्यक्रम सञ्चालन समग्र जन उत्थान केन्द्रका अध्यक्ष राम भरोसी महतोले गरेका थिए। स्वागत मन्तव्य उपाध्यक्ष अनिता चौधरीले दिएकी थिइन्।
महिला अधिकारकर्मी रिता महतोले लैङ्गिक विभेद र बालविवाह अन्त्यका लागि अभियान गाउँस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्। यस्तै, जिल्ला समन्वय समिति सदस्य जानकी यादवले बालविवाह र हिंसा रोक्न प्रत्येक घरबाट नै सचेतना फैलाउनुपर्ने बताइन्।
इलाका प्रहरी कार्यालय लहानका इन्चार्ज विष्णु प्रसाद सोतीले समाजकै कारण मानिसहरूले आत्महत्या गर्नुपरेको र महिलाहरू हिंसाको शिकार भएको तीतो यथार्थ सुनाए। “विद्यालय र सार्वजनिक स्थलमा विद्यार्थीहरूले पनि विभेदको सामना गर्नुपरेको छ,” उनले भने।
नगर उपप्रमुख राम चलितर महतोले लागूऔषध दुरुपयोगलाई लैङ्गिक हिंसाको प्रमुख कारण मान्दै पीडितलाई न्याय दिन न्याय समितिले प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जालको २०२५ को नेतृत्व संयोजकको जिम्मेवारी जीवन ज्योति समाजका लक्ष्मेश्वर यादव र सचिवालय अपाङ्ग पुनःस्थापना केन्द्रका संजय अग्रवाललाई दिने घोषणा गरियो।कार्यक्रमले लैङ्गिक हिंसा र मानव अधिकारका क्षेत्रमा ठोस योगदान गर्ने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑