खेलकुद

आइसिसी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान भिड्दै

Rohit Sharma captain of India and Babar Azam (c) of Pakistan during the Asia Cup 2023 cricket match between Pakistan and India held at the Pallekele International Cricket Stadium, Kandy, Sri Lanka on the 2nd September, 2023. Photo by: Deepak Malik / CREIMAS / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं, २७ असोज । भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा आज शनिबार घरेलु टोली भारत र पाकिस्तान भिड्दैछन् ।

खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजेबाट अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

एकदिवसीय विश्वकपको इतिहासमा यी दुई टोलीबीचको यो आठौँ खेल हो । यसअघि यी दुई टोलीबीच ७ खेल खेले भएको थियो जसमा सबै खेल भारतले जितेको थियो ।

जारी विश्वकपमा दुबै टोली सुरुवाती दुई खेलमा विजयी भएका छन् । भारतले अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो । यसैगरी पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले हराएको थियो । दैनिक नेपालबाट