शम्भु चौधरी असाेज १५ । सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १३ डावरमा धनगढीमाई दोश्रो गोल्डकप फुटवल प्रतियोगिता २०७९ को एक कार्यक्रमका बीच उद्दघाटन समारोह कार्यक्रम सम्पन्न गरिएको छ ।
स्थानिय डाबरको खेल मैदानमा एकताबद देश खेलकुदको संदेश मुख्य नाराका साथ आयोजित कार्यक्रममा नगर प्रमुख शिवशङ्कर महतो, उपमेयर संगिता चौधरी, वाडा नम्बर १३ का वडा अध्यक्ष सूर्यमान तामाङ, वाडा न १४ का वडा अध्यक्ष अमित ठकुरी, लगायत स्थानिय बुद्धिजीवी र समाजसेविहरुको उपस्थितिमा वडा नं ४ का वडा अध्यक्ष ओम यादव समेतको उपस्थितिमा उद्दघाटन कार्यक्रम सम्पन्न गरी गोल्डकपको सुरूवात गरिएको थियो ।