• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाल प्रहरीको सराहनीय काम गस्तीमा गएका एक प्रहरीले बिरामी बोकेर आफैले अस्पताल पुर्‍याए,

नेपाल पोस्ट दैनिक
    February 17, 2022  मा प्रकाशित

Spread the love
      

५ फल्गुण – शान्ति र सुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी समाजसेवाको उत्कृष्ट नमूना पनि हुन् भन्ने उदाहरण रुकुममा कार्यरत प्रहरी जवानले देखाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अन्तर्गत सर्केना प्रहरी चौकी खोलागाउँमा कार्यरत प्रहरी जवानद्वय स्वयमप्रकाश हमाल र दलबहादुर बुढाले एकजना वृद्ध बिरामी बोकेर अस्पताल लैजाँदै गरेको तस्बिर सार्वजनिक भएपछि अहिले उनीहरुको प्रशंसा भएको छ ।

मंगलबार जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ११ का १ सय २ वर्षीय वृद्ध जसवीर ओलीलाई आलोपालो गर्दै पिठ्युँमा बोकेर प्रहरी जवानद्वय हमाल र बुढाले अस्पताल पुर्याएका हुन् ।
वडा नम्बर ११ का वडा अध्यक्ष मनमोहन शाहका अनुसार ढाडको बिरामी रहनुभएका ओली बाटोमै छटपटिरहनुभएको खबर सुनेपछि प्रहरी चौकीबाट गस्तिमा गएका प्रहरीले बोकेर वडा नम्वर १० मा रहेको शहीद स्मृति अस्पताल पुर्याएका हुन् ।
गाडी चल्ने बाटो पनि छ, गाउँमा स्टेचर खोजेर पनि बोक्न सकिन्थ्यो, तर बिरामीको कसैले वास्ता नगरेपछि प्रहरी आफैले बोकेर अस्पताल लिएका हुन् । जानकारी अनुसार बिरामी ओली हप्तादिनदेखि थलिनुभएको थियो । अस्पताल लैजान आग्रह गरे पनि कसैले वास्ता नगर्दा आफै हिडेर जान लागेका बिरामी ओली हिँड्न नसकेर बाटोमै थला परेपछि प्रहरीले उद्धार गरेका थिए ।
समाजमा हुने अपराध न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा दिन मात्र नभइ नागरिकलाई हुने दुःख पीडामा पनि प्रहरीले साथ दिने गरेको चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष मनमोहन शाहले बताउनुभयो। अहिले ओलीको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ। सम्भार नेपाल खबर

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑