शम्भु चौधरी लहान ९ भदौ । गोलबजार नजिक गागन खोलाको सिसौ झाडीमा एक महिलाको शव मृत अवस्थामा भेटाईएको छ । मृतक नरहा गाउँपालिका–३, खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको बताइएको छ।
खातुन सोमबारदेखि परिवारको सम्पर्कमा नरहेको र खोजी भइरहेका बेला आज उनको शव फेला परेको हो।
मृतक खातुनकी छिमेकी मो. नाजिमका अनुसार मृतककी श्रीमानको करिब दुई महिना अगाडी मृत्यु भएको थियो त्यस दिन देखि मृतक खातुनको मानसिक अवस्था त्यति ठिक नभएको बताए ।
प्रहरीको अनुसंधान जारी रहेकोले घटनाको थप विवरण आउन बाँकी रहेको छ।
सम्बन्धित खबर
लहान ७ को नवनिर्मित वडा कार्यालय भवन नगरप्रमुख चौधरीद्वारा उद्घाटन
लहान–१५ बान टोलमा सडक ढलान, स्थानीय बासिन्दाको आवागमनमा सहज
आत्मनिर्भर सहकारीद्वारा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम
लहान–११ मा तेस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
गरिबी उन्मूलनका लागि सामूहिक प्रयास आवश्यक
