स्हिा १३ भदौ । चितवनको नारायणी नदीमा भेटिएका शव व्यवस्थापन गर्न देवघाट क्षेत्रको वनभित्र खाडल तयार पारिँदै छ । यी खाडलमा रसुवा बाढीमा परेर ज्यान गुमाएका र पहिचान नभएका २ सय ३३ शव व्यवस्थापन गर्ने तयारी गरिएकोछ ।
रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६ सय नाघिसकेको छ, तर अस्पतालहरूमा शव राख्ने क्षमता नहुँदा सरकारले शवहरूलाई अस्थायी रूपमा जमिनमुनि गाड्ने निर्णय गरेको छ। अत्यधिक गर्मीका कारण शव सड्न थालेको र महामारीको जोखिम बढेपछि अन्तिम विकल्पका रूपमा यो कदम चालिएको हो।
विशेषगरी चितवनमा सबैभन्दा धेरै २ सय ३३ शव भेटिएका छन्, तर त्यहाँका अस्पतालहरूको शव राख्ने क्षमता जम्मा ५० मात्र छ। वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार, शव गाड्नु अन्तिम संस्कार होइन, यो पहिचान नखुलेसम्मका लागि गरिने अस्थायी संरक्षण मात्र हो। जमिनमुनि गाड्नु अघि प्रत्येक शवको अनुहारको फोटो, ट्याटु वा चोटपटकको विवरण, युनिक पहिचान नम्बर र अनिवार्य रूपमा डीएनए नमुना सुरक्षित राखिएको छ। भविष्यमा आफन्तहरू सम्पर्कमा आएर डीएनए म्याच भएमा, उक्त शव सुरक्षित रूपमा उत्खनन् गरेर परिवारलाई बुझाइनेछ।
यस अघि २०७२ सालको भूकम्पमा त्रिवि शिक्षण अस्पतालमा अस्थायी रूपमा गाडिएका शवहरू पनि वर्षौंपछि डीएनए म्याच गरेर आफन्तलाई बुझाइएको थियो।
नेपालको कानुन अनुसार पहिचान नभएका यस्ता शव र तिनका अवशेष १२ वर्षसम्म सुरक्षित राख्नुपर्ने अनिवार्य व्यवस्था छ। त्यसैले सडक अवरुद्ध भएर तत्काल पुग्न नसकेका मृतकका आफन्तले सधैंका लागि पहिचान मेटियो कि भनेर चिन्ता लिनु नपर्ने डा. चौधरीले बताए।
Breaking News · छुटपुट · नेपाल पोस्ट दैनिक बिशेष · पत्रपत्रिकाबाट · मुख्य समाचार · विचित्र संसार · समाचार
चितवनको नारायणी नदीमा भेटिएका शव व्यवस्थापनको तयारी
Nepal Post
•
