जिबनसैली · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · स्वास्थ्य

लहान नगरपालिका ५ मा एकदिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन

शम्भु चौंधरी, लहान १२ मंसिर । सिरहाको लहान नगरपालिका ५ मा एकदिने निःशुल्क आँखा जाँच शिविर शनिबार सञ्चालन गरिएको छ। स्थानीय नागरिकलाई सहज रूपमा आँखासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।

शिविरमा स्थानीय बासिन्दाहरूले निःशुल्क आँखा परीक्षण गराएका छन्। आँखाको समस्या पहिचान, आवश्यक परामर्श तथा उपचारसम्बन्धी सुझाव प्रदान गरिएको लहान ५ का वडा अध्यक्ष मो. करिमले बताए ।

शिविरमा मोतियाबिन्दका बिरामीहरुलाई अस्पताल मै लगी निशुल्क उपचार गरिने आखाँ अस्पतालका प्राविधिक प्रमुख राजकुमार यादवले बताए ।

विशेषगरी आर्थिक अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक तथा आँखासम्बन्धी समस्या भएका स्थानीयलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो। यस्ता स्वास्थ्य शिविरले समयमै रोग पहिचान गर्न र उपचारमा पहुँच बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरबाट नागरिक लाभान्वित भएका छन्। आयोजकले आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष करिमले बताए।

लहान ५ वडा कार्यालयको आयोजना तथा सगारमाथा चौधरी आखाँ अस्पताल लहान सिरहाको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो ।