छुटपुट · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · सामाज · सामाजिक संजाल

सप्तरीको जानकीनगरमा सामाचकेवा महोत्सव २०८३ भव्य रूपमा सम्पन्न

शम्भु चौधरी लहान ९ मंसिर । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्वको अवसरमा आयोजित सामाचकेवा महोत्सव २०८३ भव्य रूपमा थारु महिला समाज नेपाल उपत्यका समितिद्वरा सप्तरीको खडक न पा ६ जानकिनगर इसरानथोकमा सम्पन्न भएको छ।

महोत्सवमा मैथिली संस्कृति, परम्परा तथा लोकगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय कलाकार तथा सहभागीहरूले सामाचकेवा पर्वसँग सम्बन्धित गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिमार्फत मैथिली संस्कृतिको झल्को दिएका थिए।

सामाचकेवा पर्व तराई–मधेश क्षेत्रमा विशेष महत्वका साथ मनाइने पर्व हो। यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, एकता र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने धार्मिक तथा सांस्कृतिक मान्यता बोकेको छ। महिलाहरूले सामाचकेवाका विभिन्न मूर्ति बनाएर गीत गाउँदै परम्परागत विधिअनुसार पर्व मनाउने चलन रहँदै आएको छ।

महोत्सवमा सहभागी वक्ताहरूले पछिल्लो समय आधुनिकताको प्रभावले मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गएको भन्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले मैथिली भाषा, लोकगीत, लोकनृत्य तथा सांस्कृतिक पहिचानको संरक्षणका लागि यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

भव्य सांस्कृतिक प्रस्तुतिहरू, दर्शकहरूको उत्साहजनक सहभागिता तथा परम्परागत पर्वको उल्लासका बीच सामाचकेवा महोत्सव २०८३ सम्पन्न भएको आयोजकले जनाएको छ। महोत्सवले स्थानीय कला, संस्कृति र सामाजिक सद्भावलाई थप मजबुत बनाएको विश्वास गरिएको छ।

महोत्सवमा खडक नगरपालिकाका प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्य रहेको थियो । नगर उपप्रमुख रिता चौधरीको बिशिस्ट अतिथ्य थारु महिला समाज नेपालको केन्द्रिय अध्यक्ष अनिता चौधरी, थारु भाषा साहित्यको केन्द्रिय उपाध्यक्ष बुधसेन चौधरी,थारु कल्याणकारीणि सभा उप्प्त्यका समितिको अध्यक्ष सत्रुधन प्रसाद चौधरी, थारु कल्याणकारीणि सभा केन्द्रिय सदस्य शिव नारायण शिबा थारु , थारु भाषा साहित्यको महासचिव सिया राम चौधरी ,समाजसेबि कानन चौधरी ,निमित प्रमुख प्रसासकिय अधिकृत बिनोद ठाकुर, इन्द्र कान्त चौधरी,तुला देबि चौधरी, काजल देबि पासमान,छेदी लाल चौधरी ,बंश राज साह, सत्यनारायण चौधरी,उमेश पासमान, महिन्द्र चौधरी सीता चौधरीको समेत उपस्थित रहेकमे थिायो ।

कार्यक्रम सन्चालन शन्कार देबि चौधरीले गरेकी थिईन ।