कृष्णानगर/कपिलवस्तु – समाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सुर्य प्रसाद भुसाल, इन्जिनीयर ॠषि राम गौतम,सब इन्जिनीयर निरोज यादवको टोलीले विहीवारका दिन जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयको स्थलगत अवलोकन गरेका छन।
अवलोकन गर्नेक्रममा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयका पदाधिकारीहरु संग भेटघाट गरि मदरसा तथा पुस्तकालयलाई थप व्यवस्थित बनाई मुलधारमा ल्याई मदरसामा पढेका विद्यार्थीहरुलाई आफ्नै देशमा शिक्षा दिनमा जोड दिदै भनेकि हालको अवस्थामा मुस्लिम समुदायको उपस्थिती राजनितीक तथा सरकारी रोजगारहरुमा न्युन रहेकोले आउने दिनमा मदरसाहरु लाई मुलधारमा ल्याइ मदरसामा पढेका युवा पिढी लाई नेपालको राजनितीक तथा सरकारी रोजगारमा सहभागी गराउने पहल गर्नु पर्ने सल्लाह दिएका थिए।
