सिरहा, २६ माघ । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को उपाधी हातपार्न वीरगञ्ज युनाईटेड पर्सा सफल भएको छ । गोलबजार प्रतिभा क्लव, सिरहा र वीरगञ्ज युनाईटेड पर्सावीच आज भएको फाईनल खेलमा सून्यको विरुद्ध एक गोल गर्दै वीरगञ्ज दुई लाख १५ हजार नगद हात पार्न सफल भएको हो ।
उनीहरुलाई गोलबजारका मेयर देवनाथ साहले पुरस्कार हस्तान्तरण गरेका थिए । सोही क्रममा उनले सम्पूर्ण खेलाडी तथा खेल प्रेमिहरुलाई धन्यवाद दिदैं उत्तरोत्तर प्रगतिको कामना गरे । मेयर साहले ‘खेल नै यस्तो काम हो; जसले व्यक्तिमात्र हैन, समाज र देशलाई चिनाउँछ; तपाइँ खेलाडीहरु समाजको, देशको गहना हो, सधै यसैगरी खेल्नुस्’ भन्दै शुभकामना दिए ।
गोलबजार खेल ग्राममा सम्पन्न मेयर गोल्डकपको फाईनलमा सहर्मीले हानेको कर्नल किकलाई जर्सि नम्वर १० का खेलाडी विवेक चौधरीले गोलमा परिणत गरेका थिए । निकै रोमान्चक र प्रतिस्पति खेलमा सोही गोलले विरगञ्जलाई फाईनलमा उपाधी दिएको हो ।
गोलबजार प्रतिभा क्लवले भने दोस्रो स्थान प्राप्त एक लाख १५ हजार पुरस्कार थापेको छ ।
सम्पूर्ण खेवधिभरका लागि गोलबजार प्रतिभा क्लवका क्याप्टन निश्चल लामा म्यान अफ द सिरिज घोषित भएका छन् । उनलाई १० हजार नगद र सम्मान कदरपत्र सहित सम्मान गरेका छन् । त्यसैगरी गोलबजार प्रतिभा क्लवकै बेष्ट मिट फिल्टडर सफल लामा, वेष्ठट गोलकिपर सागर श्रष्ठ, बेष्ट डिफेन्स किरण लामा घोषित भएका छन् । उनीहरु सवैलाई ५ हजार एक सयका दरले नगद र कदरपत्र सहित सम्मान गरेका छन् ।
उदयमान खेलाडी अर्जुन भारती घोषित भएको छ । उनलाई ५ हजार एक सय नगद र १० हजार मूल्य बरावरको एवी मल गोलबजारले शपिङ अफर दिएको छ ।
त्यसैगरी, सर्वाधिक गोलकर्ता वीरगञ्ज युनाईटेडका कृपाकान्त चौधरी भएका छन् । उनले खेल अवधिभरमा सर्वाधिक ४ गोल गरेका थिए । उनलाई पनि ५ हजार एक सय नगद सहित सम्मान गरीएको छ । आजको खेलको म्यान अफ द म्याच विबेक चौधरी घोषित भए । उनलाई एवी मलका प्रतिनिधी पिन्टु राउतले ३ हजार नगद सहित सहित सम्मान पत्र प्रदान गरेका थिए ।
गोलबजार नगरपालिकाका उप मेयर रेशम कुमारी थापाको अध्यक्षतामा सम्पन्न आजको समापन समारोहमा प्रशासकिय अधिकृत अनन्त पौड्याल, कृषि शाखा अधिकृत रामनारायण सिंह, शिक्षा शाखा अधिकृत शुबोध लामा, सवै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा पार्टी प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।