• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हामीले नागरिक कहिले बन्ने

नेपाल पोस्ट दैनिक
    February 6, 2022  मा प्रकाशित

Spread the love
      

मुद्दा नबदल साथी हो
छेपारोझैँ रङ नफेर साथी हो
अझै घर बनेकै छैन
धुरीखाँबो जोडिएकै छैन
छाउने खर काटिएकै छैन
नयाँ घर बनाउने संकल्प नबद्ल साथी हो,
सिरेटोे चल्नै बाँकी छ
शितले भिजाउनै बाँकी छ
अत्यास लाग्दो रात कटाउनै बाँकी छ
मुद्दा नबद्ल साथी हो,
हामीलाई सम्मान साथ मिसाएकै छैनन्
उचाइमा समानता दिएकै छैनन्
केही क्षणका लागि दिइएको पद
हाम्रो समाज हुँदै होइन
क्षणिक पदमा रमाए, भोलि खैरियत छैन
त्यसैले,
मुद्दा नबद्ल साथी हो
छेपारोझैँ रंग नफेर साथी हो ।

कुटनीतिले भन्छ, जित्ने भए भाइ–भाइलाई लडाउनुपर्छ । भाइ दुश्मन भएको युद्ध कुन महान योद्धाले जितेको छ र ? भाइ विभिषणका कारण रावणले लंका गुमाए । भाइ ईष्र्याले पाण्डवहरुको हस्तिनापुर गुम्यो । उखानै छ, भाइ फुटे गँवार लुटे । राजनीतिमा हामीले अलि हतारो गर्यौँ । भावनामा बहकिएर एक अर्काको आलिङगन छोड्दैछौँ । आँखा घुराघुर गर्दैछौँ । पाखुरा सुर्का सुर्काइ गर्दैछौँ । सम्झौँ साथी हो, स्याउलाले छाएको घर गतिलो हुन्न । आफ्नैलाई मुट्ठी उचालेर साथ दिनुपर्नेमा ईष्र्याको सानो झिल्कोले भोलि हाम्रो पहिचानको घर डढाउने त होइन ?

आज मधेश ओझेलमा छ, आफ्नो अगुवाको अहंताका कारण । आज मधेश मैलो छ, सुकिलो आफ्नो नेताको कारण । आज मधेश गरीब छ, धनी आफ्नो मुखियाको कारण । मधेश मधेशमै सीमित छ । नेता बनाउँछ मधेसले, मन्त्री बनाउँछ मधेसले । सबैलाई सर्वस्व दिएर आफू गरिबी स्वीकार्छ मधेसले । मधेशसँगै मुद्दै मुद्दा छ । विचार छ, बैचारिक समानता छैन । जनताको साथ छ, राज्यलाई खबरदारी छैन । विद्रोहको बिगुलसँगै जनता सहिद हुन तयार हुन्छन् । आफ्ना जनताको यही स्वाभिमान बुझेका छन् मधेसी नेताले । र, त चुनावको बिगुल फुक्यो कि आन्दोलनको घुर्की सुरु हुन्छ । हरेक आन्दोलनमा मधेसी सहिद हुन्छ । सहिद पोलेको आगोको रापमा हात सेक्छन् मधेसी नेताहरु ।

पहाडिया नेता चतुर छन्, ऐन मौकामा खेल्न माहिर छन् । राणा, राजा, रैतीसँग घुलिन इतिहास छ उनीसँग । उनले मधेसी नेताको मन बुझेका छन्, मौकामा फकाउन जानेका छन् । समय आए गलहत्याउन जानेका छन्, लालच दिएर लोभ्याउन जानेका छन् । उनलाई थाहा छ, सत्ताको खाली कुर्सी देखाइ मात्रै दिनुपर्छ । त्यसपछि मधेसी नेताको म्याराथुन आफै सुरु हुन्छ । दौडादौड हुन्छ, कुर्सी खोसाखोस हुन्छ । त्यसपछि त के चाहियो र ? नेताले मुद्दा बिर्सिन्छन्, मधेस बिर्सिन्छन् । मजदुर बिर्सिन्छन्, मुसहर बिर्सिन्छन् । मधेसको मुक्ति र गरिबीका लागि लडेका सहिद बिर्सिन्छन् । आन्दोलनमा झण्डा उचाल्ने कार्यकर्ता बिर्सन्छन् । मुट्ठी उचाल्दै जिन्दाबाद र मुर्दाबादको नारा लगाउने जनता बिर्सिन्छन् । तब झल्यास्स हुन्छन्, जब लडखडाउन थाल्छन् कुर्सीका खुट्टाहरु । अनि याद आउन थाल्छन्, उनै जनता, उनै मजदुर, उनै सहयात्री र धुलोले छोपिएका सहिदका सालिकहरु ।

आदिवासी थारू भने को हुन् ? मधेसीले आफ्नो मान्दैन, पहाडियाले आफ्नो ठान्दैन । के थारू दुबैका कमैया हुन् ? थारूले हौँ नभने पनि दुबैले ठान्ने तिनलाई कमैया नै हो । यो देशको सबैभन्दा आदिम जाति थारू हुन् । यसर्थ थारू भूमिपुत्र हुन् तर वास्तविकता चाहिँ के हो भने थारूहरूलाई तिनले घिसारेर कमैया बनाएका चाहिँ होइनन् । थारूहरू आफै कमैया बन्न गएका हुन् । तिननको खेत खलियानमा कमैयाको फेटा लगाउनु थारूहरूकै दोष हो ।

कहिलेकाहीँ मलाई लाग्छ, थारू समुदायको छुट्टै अध्ययन गरिनु पर्छ । कारण, थारू समुदायले निकै छिटो अरुले दिएको पीडा बिर्सन्छौँ । यातना बिर्सन्छौँ । अरुले गरेको दमनलाई दोस्तीमा बदल्ने गुण छ हाम्रो । इतिहासले भन्छ– पर्वत श्रृङखलाहरुको वर्तमान कहलिने चुरेको फेदीमा एकताका थारू मात्रै बस्थे । नेपालको आदिम र मूलवासी थारू हुन् । आखिर थारूको जिनमा त्यस्तो के रहस्य छ र उ सबैलाई स्वीकार्छ ? आफ्नो झुण्डमा अरुलाई ऊ आदरपूर्वक मिसाउँछ । सम्मान गरेर थातथलो दिन्छ । अन्ततः उनैको दासत्व स्वीकार्छ । साँवा अक्षर चिनेर संसार घुमेकैले पनि मलाई एकपल्ट हामी थारूको जीन परीक्षण गराउने विचार छ । जीन परीक्षणको परिणामले हाम्रो आगामी मार्ग अलि सहज बन्ला कि ?

लेखेर भावना सिद्धिन्न । अभिव्यक्त गरेर पीडा सिद्धिन्न रे । आश्चार्यको बिट मार्दै कलम चलाउँदै गर्दा २०७२ को संविधानमा हक स्थापित गर्नका खातिर भएको थारू आन्दोलनको पूर्णबिराम राज्यले आजसम्म लगाइदिएको छ । बरु दुइ चार दर्जन थारुहरु थुनेर राज्य सिँगौरी खेल्दैछ । दुइ चार थारू समाजघातीलाई आफ्नो पोल्टोमा पारेर भिड्न सक्ने थारु नेतालाई हुँकार भर्दैछ । दुइ चार मन्त्री पदका लागि थारुको सर्वस्व बेच्ने थारु समाजघाती नेताको हिसाब किताब इतिहासले जरुर गर्छ । म त अझै भन्छु, म मात्रै होइन थारु जीनले समेत भन्छ, विगतको भुल सुधारेर राज्यमा हाम्रो सहभागिताको आन्दोलनमा अझै समावेश हुन आऊ थारू नेता हो, मुद्दाको समापन अझै भएको छैन । मुद्दा सम्बोधन यथावत राखी जबर्जस्ती संघर्ष गर्ने हाम्रो रहर पनि छैन ।

आउनु होस्, अन्तिम पटक संघर्ष गरौँ । राज्यले दिएको कागजे नागरिकताको खोस्टोले अब्बल नागरिकको दर्जा कहिले दिन्छ ? थारू नागरिक राज्य सञ्चालकको हैसियतमा कहिले पुग्ने ? थारू सिडियो कहिले हुने ? सचिव कहिले हुने ? सेनापति कहिले हुने ? आइजीपी कहिले हुने ? हिजो पनि कमैया, आज पनि कमैया । थारूहरु कमैयाबाट उन्मुक्ति कहिले हुने ?

कार्यकर्ता बन्न हुने नेता चाहिं नहुने
कर्मचारी बन्न हुने हाकिम चाहिं नहुने
कस्तो होला नेपाली भई नेपाली नहुने
नागरिकता भए पनि नागरिक नहुने
जाग जाग थारू गोचाली
हामी हौं सबै नेपाली ।
त्यसैले मुद्दा नबद्ल साथी हो
छेपारोझैँ रंग नफेर साथी हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑