Breaking News

डोजरले ठिच्दा सिरहामा ९ वर्षिय बालकको मृत्यु

सिरहा २५ मंसिर।पुर्वपछिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका ९ मुसहर्निया मा चाईनिज कम्पनिको डोजरको ठक्कर बाट एक बालिकाको मृत्यु भएको छ ।

सडक निर्माणका काम गरिरहेको चाइनिज कम्पनीको डोजर ठक्कर बाट स्थानीय संजीव मोक्तानको ९ वर्षियको छोरा सिद्धार्थ मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

प्रहरी र स्थानीयको अनुसार डोजर सडक निर्माण कार्य भइरहेको बखद व्याक गर्ने क्रममा किचिएर मृत्यु भएको हो।

मृत्यु भएका बालकको शवलाई पोष्टमार्टमका लागि लहानमा रहेको राम कुमार उमा प्रसाद स्मार्ग अस्पताल मा राखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा:तपण दाहालले जानकारी दिनुभयो।