काठमाडौँ ३१ असोज । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि आज उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
दम रोगबाट पीडित रहेका वैद्यको अहिले बिभिन्न परीक्षणहरु भइरहेको छ ।