बाग्लुङ १६ असोज । बरेङ सवाददाता । बाग्लुङको बरेङ गाउँ पालिकामा काङ्ग्रेसको पालिका नेतृत्व चयन भए सङ्गै शिक्षकहरुद्वारा अबिर र पार्टीको प्रमाणपत्र प्रदान गरिएको फोटो सामाजिक संजालमा भाइरल भएको छ ।
सर्वोदय माध्यमिक विद्यालयका शिक्षक पुर्णभद्र शर्मा, द्वारा अबिर लगाइएको, ज्ञानोदय आधारभुत विद्यालयका प्रअ मदन कार्की द्वारा प्रमाणपत्र दिएइको र बालबिकास आधारभुत बिद्यालयका प्रअ लिलाधर शर्मा सहित अन्य शिक्षक सहभागी भएको तस्बिरमा सहजै देख्न सकिन्छ । जसले गर्दा शिक्षकहरु खुलमखुल्ला सार्वजनिक ठाउँमा राजनीति गरेको प्रष्ट नै थाहा हुन्छ ।
के शिक्षक हरु त्यसरी खुल्ला रुपमा औपचारिक पोशाक सहित प्रमाणपत्र र अबिर लगाउनका लागि सहभागी हुन पाइन्छ त ? जनचासोको विषय रहेको छ । के उनिहरुलाइ कारबाही गर्ने निकाय छ त ? छ भने के गर्ला ? प्रश्न चिन्ह खडा भएको छ ।
काङ्ग्रेसले बरेङमा समयमै नेतृत्व छनोट गर्न नसकेपछी धेरै कसरतका साथ शुक्रबार सहमतिमै नेतृत्व टुङ्गाएको बताइएको छ । सभापतिमा सर्वसम्मत रुपमा तुलसी पौडेल चयन भएका छन् ।
असोज ९ गते गाउँपालिका अधिवेशन सुरु गरिएपनि नेतृत्व टुङ्गिएको थिएन । गाउँपालिका सभापतिमा तुलसी पौडेलसँगै विष्णु खत्री र मोतिराम गौतमले पनि दाबी गरेका थिए ।