• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र पर्साको अनियमितता बढेको भन्दै जिल्ला प्रशासन पर्सामा स्थानिय द्धारा ज्ञापन पत्र

नेपाल पोस्ट दैनिक
    September 14, 2020  मा प्रकाशित

Spread the love
      

वीरगंज २९ भदौ। वीरगञ्ज वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको अनियमितता बढेको भन्दै आज पहिलो पल्ट स्थानियले खबरदारी सुरुगरेका छन । भएको सम्बन्धमा प्रदेश सरकार प्रदेश नं.२, सामाजिक विकास मन्त्रालय, स्वाथ्य निर्देशनालय अन्तर्गत रहेका पर्सा जिल्लाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रमेश मिश्राले कार्यभार सम्हाले देखि नै अस्पताल व्यवस्थापनको अवस्था जर्जर हुंदै गई रहेको र अनियमितता बढेको प्रति स्थानिय वडाबासीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षन गराएका छन ।

डा. रमेश मिश्राले पर्सा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुखको जिम्मेबारी लिए पछि स्थानिय अगुवा तथा क्लबका पदाधिकारीहरुको पहल पश्चात आयुर्बेद स्वास्थ्य केन्द्र व्यवस्थापन चुस्त दु्रस्त बनाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती गठन गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मिश्राले स्थानिय वडाबासी भएकै कारण अस्पताल ब्यवस्थापनमा मनोमानी गर्दै आएका छन । यस अस्पतालको औषधि खरिद, बजेट खर्च, उपचार लगायतमा अपारदर्शी ढंगबाट प्रकिृया मिचेर अनियमितता हुने गरेको र कार्यालय प्रमुख आफु बिरामी भएको बहानागरी घर बसि बसि जोखिम भत्ता सहितको तलब खाने गरेका छन । कर्मचारीहरु नियमित कार्यालय आउदैनन् आएपनि एकैपटक एक महिनाको हाजिरी गरी तलब बुझ्ने गरेका ज्ञापन पत्रमा उल्लेख छ ।

त्यस्तै नियमित उपचारमा आउने सेवाग्राही भन्दा बढी संख्यामा रोगीको लिस्ट बनाइ बजेट खर्चिने तथा औषधी वितरण गर्ने गरेका साथै निःशुल्क दिनुपर्ने औषधिहरु स्वास्थ्य केन्द्रमा अहिले छैन भन्दै बाहिर आफ्नो निजि किलिनिकमा किन्न लगाउने र स्वास्थ्य केन्द्रमा भएको औषधी बाहिर लगि विक्री गर्ने गरेका ज्ञापन पत्रमा रहेको छ । कार्यालयका कर्मचारीले कार्यालयको उपचार समाग्री घरमा लैजाने तथा प्राईवेट क्लिनिक लगेर प्रयोग गर्ने गर्नुका साथै कर्मचारीले स्वास्थ्य केन्द्रको सामाग्री निजी प्रयोगमा लैजादै गरेको भिडियो क्लिप स्थानियले राखेको बतथाएका छन । स्वास्थ्य केन्द्रमा विगत ६÷७ वर्ष देखि अस्थाई दरबन्दिमा कार्यरत १ जना महिला कार्यालय सहायकको नियुक्ति नविकरण नगरी सोर्स(फोर्सको आधारमा राजनितिक व्यक्तिको आडमा थप दुई जना कर्मचारी राखेको र ति कर्मचरीबाट रकम असुल गरी पदको दसरुपयोग गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समितीको ठहर रहेको छ ।

राजनितिक पहुँचका आधारमा आएका अस्थाई कर्मचारी महिनामा १÷२ दिन मात्र कार्यालमा आउने गरेको र महिना भरीको तलब बुझ्ने गरेका छन् । यसका साथै कार्यलयमा अनेकौं नियम बिपरित कामहरु हुदै आई रहेको छ । यस सन्दर्भमा स्थानिय बासीहरुको गम्भिर ध्यानाकर्षन भई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती संग छलफल तथा समन्वय गरी स्थानीय युवाहरुले अस्पतालमा निगरानी बढाए पछि अस्पताल प्रशासनले आफैले गठन गरेको संचालक समिति ६ महिना नबित्दै सुचना निकाली खारेज गरी मनोमानी गरेको स्थनियहरुको ठहर छ । उपरोक्त बुंदाहरुमा छानविन गरी कार्यालय प्रमुख डा.रमेश मिश्र लाई कानुन बमोजिम कार्यवाही गर्न अनुरोध गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापकीय सुधार गरी प्रदान गरिने अयुर्वेद सेवा नियमित तथा सहज रुपमा सुचारु गराउनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती तथा स्थानीय वडा बासीहरु अध्यन अनुसार प्राप्त बिषय समेटेर संयुक्त रुपमा स्थानिय युवा नेता उदयनारायण कुशवाहा संयोजकत्वमा ज्ञापन पत्र बुझाएका छ । जिल्ला आयुर्वेद स्वास्थय केन्द्रले अनियमितता बन्द गरी चुस्त दु्रस्त व्यवस्थापकिय सेवा सहित यस कोविड १९ को महामारी एवं विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित विभागले निर्देशन गरे बमोजिमका आयुर्वेद सेवा लगायतका सम्पुर्ण सेवाहरु सहज रुपमा सुचारु नगरेमा स्थानियहरु थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने व्यवहोरा ज्ञापन पत्र मार्फत जनाएका छन । ज्ञापन पत्र बोदार्थ मार्फत प्रदेश नम्बर २ सरकार मुख्यमन्त्रीको कार्यलय, समाजिक बिकास मन्त्रालय, वीरगञ्ज महानगरपालीका कार्यालय, जिल्ला प्रहरी कार्यलय, पर्सा र वडा समितिको कार्यालय, वडा नं. १५, वीरगंज महानगरपालिका पठाएको ज्ञापन पत्र जनाएको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑