Breaking News · स्वास्थ्य

नेपालमा कोरोनाबाट फेरी एकजनाको मृत्यु , नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो

ललितपुर १४ जेठ।ललितपुर स् ललितपुरका एक ५९ वर्षीय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। प्रहरी उच्च स्रोतले उनको कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि गरेको छ ।
मृतक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन् । उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो । मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए । ​
मृतकको शव अस्पतालमै रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।zen 1 news बाट