लकडाउन हुनुभन्दा अगाडि धरानबाट काठमाडौ विभिन्न कामले पुगेका सर्वसाधारण तथा अस्थायी रुपमा काठमाडौमा बस्ने धरानबासीलाई आवश्यक प्रक्रिया पुरा गरेर धरान उपमहानगरपालिका तथा काठमाडौ धरान सरोकार समाजको सक्रियतामा धरानसम्म ल्याइएको हो । धरान उपमहानगरपालिकाले बिहिबार, शुक्रबार र शनिबार गरी ३ दिनसम्म धरानका नागरिकलाई बसको व्यवस्था गरेर काठमाडौबाट ल्याएको हो ।
उनीहरुलाई काठमाडौबाट धरान ल्याउदा बाटोमा कही पनि झर्न नदिइ सिधै धरानसम्म ल्याइएको हो । धरान आउनेहरुको सम्पूर्ण विवरण हेरेर, धरानबासी भए नभएको यकिन गरी उनीहरुको ट्राभल हिस्ट्री समेत हेरेर धरान ल्याइएको र धरान आइपुगेपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गरी आवश्यकता अनुसार क्वारेण्टाइनमा राख्ने व्यवस्था गरिएको धरान धरान उपमहानगर पालिकाका प्रमुख तिलक राईले बताएका छन् ।
धरानमा रहेका आफन्तले काठमाडौमा आफ्ना छोराछोरी तथा आफन्त काठमाडौमा नै अलपत्र परेको भन्दै गुनासो पोखेपछि धरानको प्रतिनिधित्व र संघिय सांसदको पहलमा धरान ल्याइएकाे बताए । काठमाण्डौबाट ल्याएका उनीहरुलाई विभिन्न टेष्ट सहित स्कनिङ गरी आवश्यक परे क्वारेन्टाइन, आइसुलेसनमा राखिने प्रतिष्ठानका आकष्मिक विभागमा प्रमुख डा. ज्ञानेन्द्र मल्लले बताए । उहाले अहिलेसम्म ल्याएका व्यक्तिहरुमा त्यस्तो नदेखिएको बताए ।
यता काठमाडौबाट धरानबासीलाई धरानसम्म ल्याउन वनको समितिका संयोजक धरान वडा नं. १७ का अध्यक्ष मनोज भट्टराईले आवश्यक पर्ने सम्पूर्ण सतर्कता अपनाएर सुरक्षित तबरले धरान ल्याइएको बताए । उहाँले धरान आउने बसमा चढ्ने सम्पूर्णको पहिचान गरेर, धरानबासी भए नभएको यकिन गरेर तथा विदेशबाट आएको हो कि काठमडौमा मात्रै बसेको हो भन्ने यकिन गरेर मात्रै धरान ल्याइएको बताएका छन् ।पुर्बी खबर
