स्वास्थ्य

 गाैशाला प्राथमिक स्वास्थ्य केन्द्र माफिायाकाे चगुंलमा

गौशाला / महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा राेग अनुसारकाे डा . नभएकाे कारण राेगीहरुलाई सास्ति बेहार्नु परेकाे छ । हेल्थ पाेष्टकाे नामले २०१८ सालमा स्थापना भएर २०४० सालमा प्राथमिक स्वास्थ्य केन्द्रकाे रुपमा परिन्त भएकाे थियाे ।पहिला पहिला हेल्थ अस्सिटेन्टकाे दरबन्दी रहेकाे थियाे तर २०४० साल देखि एम. वी. वी. एस काे दरबन्दी कायम भएकाे छ ।

मेडिकल अधिकृत डा.काे दरबन्दि भएकाेले चार वर्ष सम्म राेगिहरु सेवा पाउने गरेकाे तर राजनितीक करण काे कारण डा.सरुवा गराएर गए पछि कुनै डा. स्थायी रुपमा सेवा दिन नसकेकाे प्राथमिक स्वास्थ्य केन्द्र गाैशालाका पुर्व अध्यक्षहरुले जनाएका छन।राेग अनुसारका डा. काे लागि अाफुहरु पहल गरेकाे तर राजनीतिक पहुच नभएकाे कारण सरकारले अन्देखि गरेकाेमा उनिहरुले दु: ख व्यक्त गरे ।यति पुरानाे स्वास्थ्य संस्था भएर पनि यहाँ सांसद तथा मंत्री भएकाहरुले कुनै किसिमकाे पहल नगरेकाे उनले अाराेप लगाए ।यदि ईमान्दारी सँग पहल गरेकाे भए याे संस्था नमुना संस्थामा गिन्ति हुन्थ्यिाे र कुनै राेगिहरु राेग अनुसारकाे डा. बाट सेवा लिन बन्चित हुनु थिएन हाेला । अाज याे भन्दा नयाँ स्वास्थ्य संस्था अगाडि बढि सकेकाे छ याे जस्ताकाे त्यस्तै रहेकाे छ।

जिल्लाका सब भन्दा पुरानाे र सब भन्दा वढि जाँच गराउने राेगि स्वास्थ्य केन्द्र अाउने गरेकाे भए पनि राेग अनुसारकाे डा. नभएकाे कारण राेगिहरुलाई बाध्यतावस अन्तै रेफर गर्नु परेकाे प्राथमिक स्वास्थ्य केन्द्र गाैशालाले जनाएका छन ।राेग अनुसारकाे डा. नभएकाे कारण दिन प्रति दिन विरामिहरुकाे संख्या घटदै गईरहेकाेमा स्थानियहरु चिन्तित बनेका छन । यति पुरानाे स्वास्थ्य संस्था भएर पनि राेग अनुसारकाे स्थायी डा .काे नपठाएकाेमा लाज मर्दाे विषय बनेका स्थानिहरुकाे बुझाई रहेका छ किन भने
मानिसकाे जीवन जिउनकाे लागि राम्राे घर,सेवा युक्त अस्पताल ,गुण स्तरिय शिक्षकका साथै विधालयकाे अाबश्यकता पर्दछ। तर भरपर्दाे स्वास्थ्य सेवा वाट राेगिहरु बन्चित भएका छन ।अहिले कति महीना पछि न. पा. ले नगर बाट एउटा मेडिकल अधिकृत डा. काे व्यवस्था गरेकाे भए पनि दरबन्दी अनुसारकाे स्थायी डा. रहेकाे छैन ।तीन वेडका स्वास्थ्य संस्था भएकाेले अति दिन देखि कसैले परिवर्तनकाे लागि पहल नगरेकाे तर संघियता अाए पछि १५ वेडकाे अस्पताल बन्ने भएकाे प्राथमिक स्वास्थ्य केन्द्र गाैशालाले जनाएका छन ।

तर अर्काे तिर याे संस्था माफियाकाे चगुल फसेकाे स्वास्थ्यक्रमीहरुले चि्न्ता व्यक्त गरेका छन भाेला भाला राेगिहरुलाई भिडियाे एक्सरेमा नाम जथा भावि लुट मचाईएकाे छ किन भने गाैशालामा एउटा पनि रेडियाे ग्रफर नभए पनि अल्ट्रसाउण्ड कमिसनकाे खेलमा याे सधैं भईरहेकाे छ । जाँच्ने र लेख्ने अधिकार नभएकाेहरुले कमिसनकाे खेलमा कालाे धन्दा भईरहेकाे कारण विरामीहरु चपुवामा पर्दै अाईरहेका छन जुन उपचार स्वास्थ्य संस्थामा भए पनि कमिसनकाे खेलमा बाहिर पठाउने गरेकाे विरामीहरुले गुनासाे गरेका छन ।

स्थानिय निकायकाे क्षेत्रअधिकार भित्र प्राथमिक स्वास्थ्य केन्द्र परेकाे भए पनि अनुगम फितलाे भएकाे कारण लुटतंत्र माच्चाएकाे उनिहरुकाे भनाई छ। प्राथमिक स्वास्थ्य केन्द्र जस्ताे नभएर गाई गाेरुकाे गाेठालाे जस्ताे देखिन्छ र जता ततै फाेहरै फाेहर रहेकाे छ । प्राथमिक स्वास्थ्य परिसर भित्र फाेहरमय बन्दै गए पनि सम्बन्धित निकायले कुनै ध्यान नदिएकाेमा जाँच गराउने विरामिहरुले गुनासाे गरेका छन । एक्सरे मसिनकाे लागि भवन बने पनि अहिले सम्म अलपत्र अवस्थामा रहेकाे जनाईएकाे छ ।अता राेग अनुसारकाे एम. डि. डा. काे लागि नगरपालिकाले धेरै पहल गरेकाे तर विभाग बाट नै /७/८ वटा स्वास्थ्य संस्थाहरकाे दरबन्दी हटाएकाे कारण राेग अनुसारकाे डा. ल्याउन नसकेकाे प्राथमिक स्वास्थ्य केन्द्र अध्यक्ष तथा वडा न . ४ का वडा अध्यक्ष राम बाबू साहले जनाए। अधिकार प्राप्त स्वाथ्यक्रमिहरु बाहेक जाँच लेख्ने अधिकार कसैलाई नरहेकाे अाफुले अादेश गरेकाे तर अाईन्दा अनुगमन गरेकाे अवस्थामा फेला परेमा नियम अनुसार कर्वाई गरिने साहले प्रतिवद्वता जनाए ।यदि त्यस्ताे कुनै जाँच लेख्नु परेमा मेडिकल अधिकृतले मात्र प्रिकेप्सन गर्न सकिने उहाँले बताए ।