देश बाहिर · प्रवास

अन्टार्टिका महादेशमा अहिले सम्मकै १८.३ डिग्री सेल्सियस सर्वाधिक तापक्रम मापन भयो

२५ माघ । दक्षिणी गोलार्दमास रहेको अन्टार्टिका महादेशमा सर्वाधिक तापक्रम मापन भएको छ।

बिहीबार सो महादेशमा आजसम्मकै १८.३ डिग्री सेल्सियसको सर्वाधिक तापक्रम मापन गरिएको हो।

अर्जेन्टिनाको अनुसन्धान आधार क्षेत्र एस्पेरेन्जामा मापन गरिएको यो तापक्रम सन् २०१५ मा नापिएको तापक्रम भन्दा ०.८ डिग्री सेल्सियसले बढी हो। सो समयमा १७.५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।

सो तापक्रम अन्टार्टिकाको उत्तरपश्चिममा रहेको प्रायद्वीपमा रेकर्ड गरिएको थियो। यो ठाउँ पृथ्वीकै छिटोछिटो तापक्रम बढिरहेको ठाउँ मध्ये एकका रुपमा चिनिन्छ।

बिहीबार मापन गरिएको तापक्रमलाई संयूक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठनले पुष्टि गरेको छ।

‘सामान्यतया यो गर्मीमा पनि नदेखिने तथ्याकं हो’ संगठनका प्रवक्ता क्लेर नुलिसले जेनेभामा संचारकर्मीहरुसँग भने।

बितेका ५० अन्टार्टिका महादेशको तापक्रम ३ डिग्री सेल्सियले बढेको छ जसका कारण यसको तटिय क्षेत्रका हिमनदीहरुको आकार ८७ प्रतिशतले घटेको छ।

यसैगरी बितेका १२ वर्षमा ‘ग्लोबल वार्मिङ’का कारण यसको पग्लिने दरमा व्यापक  वृद्धि भएको छ।

सेतोपाटिबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।