देश बाहिर · प्रवास

एक महिला भएर आन्तक्षिमा एक वर्ष बसेर इतिहास रचिन

२३ माघ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएकी अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गरेकी छिन्।

यससँगै सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने उनी पहिलो महिला अन्तरिक्ष यात्री बनेकी छिन्।

अमेरिकी अन्तरिक्ष संस्था नासाकी ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्री सहित अवतरण गरेको नासाले जनाएको छ।

अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ हुन्। उनीहरुले अन्तरिक्ष केन्द्रमा ३२८ दिन बिताएको बताइएको छ।

कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर स्पेस वाक गरेका थिए। कुनै महिलाले अन्तरिक्षमा हिँडेको त्यो पहिलो पटक थियो।

हालसम्म चार जना अन्तरिक्ष यात्रीले मात्र एक वर्ष वा सोभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन्। रसियाका भ्यालेरी पोल्याकोभले मात्र हालसम्म सर्वाधिक ४३७ दिन अन्तरिक्ष केन्द्रमा बिताएका छन्।

नासाका अन्तरिक्ष यात्री स्कट केलीले सन् २०१६ मा पृथ्वीमा फर्कनु अघि ३४० दिन अन्तरिक्ष केन्द्रमा बिताएका थिए । नेपाल खबरबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।