नरेन्द्र महतो गौशाला १८ माघ । मानिसको जीवन एक नासको हुँदैन कहिले खुशि र कहिले दुःखित हुन्छ ।
जीवनमा कुनै समस्या आउँछ भने त्यो समस्या सँग लडनु पर्छ जुधनु पर्छ, समना गर्नु पर्छ तर समस्या देखि भाग्नु हुँदैन । समस्या भएमा कहिले डराउनु पर्दैन किन भने जीवन सुख दुःखको साथि हो । जीवनमा दुःख भए पछि अगाडिको बाटो देखाउँछ त्यो वाटो गएमा पक्कै जीवनमा उन्नति र प्रगति हुन्छ ।
जीवनमा सबै कुरा नसीवले हुँदैन, ईमान्दारीका साथ मेहनत गरेमा मात्र नसीवले साथ दिन्छ, बस्दै गरेमा नसीवले मलाई साथ दिएन सोच्नु ठुलो अपराध हुन्छ ।
संसारमा सबै भन्दा धनी व्यक्ति त्यो हो जसको दुई वटा हाथ छ र संसारमा सब भन्दा गरीव त्यो व्यक्ति हो जसलाई दुई वटा हाथ छैन, उदहारणको कुनै व्यक्ति खर्वपति छ उसको यदि हाथ छैन भने त्यो व्यक्ति संसारको सब भन्दा गरीव व्यक्ति हुन् तर संसारको सब भन्दा गरीव व्यक्ति छ यदि उसको दुई वटा हाथ छन भने त्यो सब भन्दा धनी व्यक्ति हो । त्यसले आफुलाई जीवनमा कहिल्यै गरीव छु भने भावना राख्नु गल्त हो।
मानेिस मानव जीवनमा जन्म लिए पछि देश र समाजको लागि केही न केही असल कार्य गरेर जानू पर्छ किन कि यो भौतिक शरिरलाई आज न भोलि माटोमा मिस्नु छ तर असल कार्य कहिल्यै माटो मिस्दैन ।
मरेर गए पनि भौतिक शरीर नरहे पनि नाम सधैं सधैंको लागि जिउँदो रह्नन्छ । तसर्थ आफ्नो लागि गरे चमत्कारीको अर्थ हुँदैन तर गरी, निसहाय र देश समाजको लागि चमत्कारी गरे अति वहुमुल्य हुन्छ । तसर्थ जीवन एक अनमोल हो यसको दर भाव आज सम्म कसैले लगाएर तिरेको छैन । जीवनमा सधै सदाचार उच्च विचार राखे मात्र जीवन सफल हुन्छ र जीवनको महोत्व हुन्छ ।
तसर्थ जीवन एक नासको हुँदैन कहिले उकालो त कहिले ओरालो हुन्छ । सदा जीवन उच्च विचार राखे अगाडि बढौं।