देश बाहिर · प्रवास

अष्ट्रेलिया : आगोको महासंकट लगतै फस्यो माकुराको संकटमा

१४ माघ । आगोको महासंकटबाट गुज्रिएको अष्ट्रेलिया माकुराको संकटमा फसेको छ ।

जंगलमा फैलिएको डढेलो नियन्त्रणमा नआएर संकटमा फसिरहेको अष्ट्रेलियालाई अहिले बिषालु माकुराको संकट आइलागेको हो ।

अष्ट्रेलियाका शहरमा यस्तो माकुरा देखिएको छ, जसले १५ मिनेटमै मानिसको ज्यान लिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

‘फनेल वेब स्पाइडर’ नामको उक्त माकुराले टोक्दा १५ मिनेटमा मानिसको मृत्यु हुने गरेको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै सार्बजनिक भएका समाचारहरुमा उल्लेख छ ।

अष्ट्रेलियाको जंगलमा लागेको आगोका समयमा ती माकुराहरु जमिनभित्र छिरेका थिए। तर अहिले परेको भारी वर्षापछि आएको बाढीका कारण बिषालु माकुराहरु बस्तीमा छिरेका हुन ।

यस्ता माकुराका ४० प्रजाति रहेको बताइएको छ। यो संसारकै सबैभन्दा खतरनाक र विषालु माकुरा भएको बताइएको  छ । खबरहबबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।