• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अस्ट्रेलिया : डढेलोले ६० वर्षयताकै धेरै कार्बन डाइअक्साइड उत्सर्जन

नेपाल पोस्ट दैनिक
    January 25, 2020  मा प्रकाशित

Spread the love
      

११ माघ । अस्ट्रेलियामा लागेको डढेलोबाट उत्पन्न धुवाँको कारण विश्वमा ६० वर्षयताकै धेरै कार्बन डाइअक्साइड उत्सर्जन भएको एक अध्ययनले देखाएको छ।

बेलायतको मेट अफिसले सो तथ्य सार्वजनिक गरेको हो। मेट अफिसले विगत ६० वर्षदेखि विश्वमा कार्बन डाईअक्साइडबारे तथ्यांक संकलन गर्दै आएको छ।

मानव निर्मित हरितगृहले कार्बन डाइअक्साइड उत्सर्जनमा ठूलो हिस्सा लिएपनि अस्ट्रेलियाको डढेलोबाट उत्पन्न धुवाले वातवरणीय चक्रमा चुनौती थपेको तथा विश्वकै वातावरणमा असर गर्ने बताइएको छ।

सन् १९५८ मा हवाईबाट सुरु गरिएको अध्ययनपछि सन् २०२० मा कार्बन डाइअक्साइड उत्सर्जनमा हालसम्मकै उच्च वृद्धि देखाउने अनुमान गरिएको मेट अफिसको विज्ञप्तीमा उल्लेख छ।

मे महिनामा कार्बन डाइअक्साइड उत्सर्जनको संख्या दश लाखबाट थप ४ सय १७ को संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। वैज्ञानिकहरुले पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा सोचेभन्दा धेरै भइसकेको जनाएका छन्।

पछिल्लो समय कार्बन डाइअक्साइडको अत्यधिक उत्सर्जन करिब ३० देखि ५० लाख वर्ष पहिले भएको थियो र त्यतिवेला पृथ्वीको तापक्रम २ देखि ३ डिग्री तातो तथा समुन्द्रको तह १० देखि २० मिटर उचाईमा रहेको वैज्ञानिकहरुले बताएका छन्।

सन् १९५८ देखि कार्बन डाइअक्साइड उत्सर्जनको मापन गरिन सुरु गरिएपछि प्रत्येक वर्ष यसको वृद्धि भइरहेको जनाएपनि वृद्धिमा भने समानता भने हुने गरेको छैन।

मेट अफिसले गरेको अनुमान अनुसार मानव सिर्जित कार्बन डाइअक्साइड उत्सर्जनमा करिब १० प्रतिशतले वृद्धि हुने र त्यसमा अस्ट्रेलियाको डढेलोले पाँचमध्ये एक भाग योगदान गर्ने बताइएको छ।

गत महिनानै क्लाईमेट चेन्ज परर्फमेन्स इन्डेक्सले अस्ट्रेलियालाई कार्बन डाइअक्साइड उत्सर्जन गर्ने ५७ वटा देशमध्ये सबैभन्दा खराबको सूचीमा राखेको थियो र रणनीति कार्यान्वयनको हिसाबमा एक सयमध्ये शून्य अंक प्रदान गरेको थियो । नेपाल न्यूजबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑