• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सेरेना विलियम्स तेस्रो राउन्डमै पराजित

नेपाल पोस्ट दैनिक
    January 24, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौं १० माघ। अस्ट्रेलियन ओपन टेनिसको तेस्रो राउन्डमै सेरेना विलियम्स नाटकीय रुपमा पराजित भएकी छिन् । शुक्रबार सम्पन्न खेलमा सेरेना विलियम्स चीनकी वाङ कियाङसँग २-१ को सेटमा पराजित भएकी हुन् ।

अठ्तीस वर्षीया सेरेना २४औं ग्रान्डस्लाम जित्ने उद्देश्यसहित अस्ट्रेलियन ओपनमा सहभागी भएकी थिइन् ।

सेरेना विलियम्सले यस पटक अस्ट्रेलियन ओपनको आठौं ताज पहिरिने सम्भावना रहेको अडकलबाजी गरिएका थिए । यी दुई खेलाडीबीच यसअघि एक पटक मात्र प्रतिस्पर्धा भएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा वाङले सेरेनालाई ६-४, ६-७ ९२-७०, ७-५ सेटमा पराजित गरिन् । सेरेनाले यसअघि सन् २०१७ मा अस्ट्रेलियन ओपन खेलेकी थिइन् । सन् २०१८ मा बच्चा जन्मिएका कारण उनी खेलमा सहभागी भएकी थिइनन् ।

विश्व वरियतामा २७औं क्रममा रहेकी वाङले सेरेनालाई पराजित गरेपछि “मेरो टोलीका सदस्यहरुले मैले जित्न सक्छु भनेर निरन्तर हौसला दिएको” प्रतिक्रिया दिइन् । गत वर्ष अमेरिकी ओपनको क्वार्टर फाइनलमा वाङ सेरेना विलियम्ससँग ६-१, ६-० को सोझो सेटमा पराजित भएकी थिइन् ।

चीनको तियानजिनकी २८ वर्षीया वाङले यसपटक अस्ट्रेलियन ओपन जित्ने अडकलबाजी गर्न थालिएको छ । गत वर्ष पनि उनी तेस्रो राउन्डबाट बिदा भएकी थिइन् ।

महिलातर्फको अर्को प्रतिस्पर्धामा पूर्व विश्व नम्बर १ क्यारोलिन ओज्नीयाकी तल्लो क्रमकी ट्युनिसियाली खेलाडी ओन्स जाबेरसँग ७-५, ३-६, ७-५ ले पराजित भएकी छिन् । यो पराजयसँगै क्यारोलिनले पनि अन्तर्राष्ट्रिय टेनिस खेलबाट सन्न्यास लिएकी छिन् । लोक पथबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
  • दोस्रो अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ प्रतिकूल मौसमका कारण स्थगित
  • औरहीमा छैठौं एपिएल क्रिकेट खेलको शुभारम्भ
  • बाल क्लवको नेतृत्वमा अन्तर मावि विद्यालय छात्र छात्रा भलिवल प्रतियोगिता
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑