• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

११ कक्षामा पढ्दै गरेकी एक किशोरीले होस्टेल भित्रै मृत बच्चा जन्माए

नेपाल पोस्ट दैनिक
    January 19, 2020  मा प्रकाशित

Spread the love
      

छत्तीसगढ ५ माघ । टिनएज प्रेगनेन्सी वा किशोरी अवस्थामा नै गर्भवती बन्ने घटना संसारभर विकराल बन्दै गएको छ । किशोरावस्थामा नै गर्भवती भनेपछि भ्रूण हत्या गर्ने वा गर्भपतन गराउने घटना पनि बढिरहेका छन् ।

यसैक्रममा ११ कक्षामा पढ्दै गरेकी एक किशोरीले मृत शिशु जन्माएको समाचारले भारतको छत्तीसगढमा हलचल नै ल्याइदिएको छ ।

समाचार अनुसार छत्तीसगढको दंतेवाडामा ११ कक्षामा पढ्ने एक छात्राले अस्पतालमा एक बच्चालाई जन्म दिएकी हुन् । ती किशोरीले जन्माएको जवजात शिशु मृत रहेको समेत भारतीय समाचार माध्यमले जनाएका छन् ।

होस्टेलमा बस्दै आएकी किशोरीको अवस्था खराब हुँदै गएपछि उनलाई अस्पतालमा भर्ना गरिएको र अस्पतालमा नै उनले मृत शिशु जन्माएको बताइएको छ ।

तर किशोरीले होस्टेलभित्रै बच्चा जन्माएको र वार्डनको मिलोमतोमा पछि अस्पताल लगिएको स्थानीयबासीले आरोप लगाएका छन् ।

उक्त घटनापछि होस्टेलकी वार्डन हेमलता नागलाई निलम्बित गरिएको छ । नागलाई घटनाबारे जानकारी रहेको तर लुकाउन खोजेको आरोप समेत लगाइएको छ ।

दंतेवाडाको पताररसमा ११ कक्षामा पढ्ने १७ वर्षीया ती छात्राले मध्यरातमा बच्चा जन्माएकी थिइन् । बच्चा जन्माउने बित्तिकै अभिभावकलाई ती छात्रा बिरामी भएको भन्दै वार्डनले बोलाएको र पछि उनलाई अस्पताल लगिएको थियो ।

घटना बाहिर आएलगत्तै होस्टेल वार्डनलाई निलम्बन गरिएको छ । साथै घटनाबारे छानबिन गर्न एक टोली समेत गठन गरिएको छ । छानबिनपछि दोषीलाई के कस्तो कारबाही गर्ने भनेर तय गरिने अधिकारीहरूले बताएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईले ती छात्राले मध्यराति मृत शिशु जन्माएको बताएको छ । ‍किशोरीले आफ्नै गाउँका एक युवकसँग सम्बन्धमा रहेको समेत बताएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार बुधबार बिहान पेट दुखेको बताएकी थिइन् । त्यसपछि उनका अभिभावकलाई बोलाएको थियो । लगत्तै उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा बच्चा जन्माएपछि अभिभावक स्तब्ध भएका थिए ।

विद्यालय प्रशासनले मृत बच्चासहित किशोरीलाई उनको परिवारसमक्ष सुम्पेको थियो ।

होस्टेले वार्डनले घटनालाई लुकाउन ती छात्रा बिरामी भएको भन्दै घर पठाइएको बताएकी थिइन । साझा पोष्ट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑