• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ट्रम्पमाथिको महाअभियोग सम्बन्धी प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित

नेपाल पोस्ट दैनिक
    January 16, 2020  मा प्रकाशित

Spread the love
      

न्युयाेर्क, २ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सम्बन्धी आर्टिकल संसदको माथिल्लो सदनमा गएको छ ।

तल्लो सदनले पारित गरेको महाअभियोग सम्बन्धी दुई आर्टिकल माथिल्लो सदन सिनेटमा ट्रायलका लागि पठाउने सम्बन्धी प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित गरेको हो ।

यो प्रस्तावमा सांसदहरुले अधिकांश रुपमा पार्टी लाइन अनुसार नै मत दिए । महाअभियोग माथिल्लो सदनमा पठाउने पक्षमा २२८ तथा विपक्षमा १९३ मत परेको हो ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पमाथिका दुई महाअभियोग आर्टिकलमा हस्ताक्षर गरिन् । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले गएको महिना राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको थियो ।

ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो । नेपाली समय अनुसार गएको पुस ३ गते बिहान अमेरिकी तल्लो सदनले ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको थियो ।

त्यसबेला शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको थियो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो । तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद थिए ।

यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ । यो अभियोगको पक्षमा गएको पुस ३ गते बिहान भएको मतदानमा २२९ तथा विपक्षमा १९८ मत परेको थियो ।

यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिए थिए । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् ।दैनिक नेपालबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑