सचिता सिहं लहान । प्रेम के हो ? प्रेम मनको भाावना हो । स्वार्थ मनमा उत्पन हुने स्नेहपूर्ण भाव हो । प्रेम आत्माको खाना हो । जसरी कि शरिरलाई अहरा वा भोजन चाहिन्छ त्यसरी नै आत्मालाई प्रेम चाहिन्छ । प्रेमको आभावमा हुर्केका बालक क्रुर बन्दै जान्छन् ।
सम्भब भएसम्म उ अरुलाई नष्ट गर्ने काममा क्रियासिल हुन्छ, हैन भने उ आफैं नष्ट हुने मार्गमा लाग्छ । यस्ता बालबालिकाहरु संसारमा अधिक छन् । अहिले रुपियाँपैसाको पछाडि मात्र दौडिने मानिसहरु कैयांै छन् । आफना परिवारको ख्यालै नगरी, बालबालिकाको चाह्ना, भावना नबुझी पैसाबाटै सबैकुरा पा्रप्त हुन्छ भन्ने सोच्छन् ।
प्रेमको आभावले नै कति औं बालबालिकाहरु, युवायुवतिहरु दुव्र्यसनीतिर लाग्दैछन् । कति औं ठुलठुला सहरमा खुलेका डान्सवार, हुक्कावारहरुमा युवायुवतिहरु मध्ये अधिकान्स धन धान्यले भरिपूर्ण तर आमा र बाबाको माया, स्नेहले बञ्चित भोका सन्तानहरु हुन् । यस्ता धन दौलतले बुद्धि भ्रष्ट भएका मानिसहरुलाई यति बुझ्न जरुरी छन् कि मायाप्रेम, खुसी, उत्साह, उमंग, हौसला, प्रेरणा आदि कुराहरु पैसाले पाइने चिज होइनन् ।

त्यसैले सन्तानलाई मात्र सम्पत्ति होइन, असल संस्कार पनि दिन सक्नुपर्छ । असल संस्कार, माया, प्रेम, भावनाले मात्र दिनसक्छ । माया, प्रेम नभएका घर अशान्त हुन्छ । दिन रात कलह हुन्छ । त्यस्तो घरमा कुवेरको बास भए पनि कहिल्यै लक्ष्मीको बास हँुदैन । तर जुन घरमा मायाप्रेम छ एकले अर्काको भावनाको कदर गर्दछ त्यो घर स्वर्ग छ ।
तिनीहरुले दिन रात जोहो गरेर भएपनि आफ्नो छाक टार्दछन् र आरामले, चैनले आफ्नो घरमा शान्तिका साथ आफ्ना परिवारसंग बस्दछन् । बाल्यकालको प्रेमबाट असल संसकारको जन्म हुन्छ ।