मैले राष्ट्र जोगाए ।
मैले नै राष्ट्रको इतिहास बनाए ।
संसारमा कृषि प्रधान देश भनेर चिनाए ।
यहाँका शासकहरुलाई पाले ।
तर, आज मेरो आँशु बगेको ।
मेरो पसिना सुकेको छ ।।
जुन दिन देखि विदेश खुल्यो ।
अनि हाम्रो श्रम विदेश पुग्यो ।
त्यो दिन देखि हाम्रो छाती सुकेको छ ।
तर, पनि हाम्रो नाममा लुटेको छ ।
विदेशीको तालु चाटेर ।
स्वदेशीलाई रुवाएको छ ।।
कस्तो आयो जवाना ।
आफ्नो इज्जत बेचेर ।
अरुको इज्जतमा मोज गर्ने ।
अनि झूटो खेती गरेर ।
आफ्नै देश तर्साउने,
विज्ञानको नाममा,
आफ्नै नागरिक मार्ने ।।
त्यसैले, कहिले आउने ह ।
हाम्रो फेरि त्यो दिन ,
हाम्रै वच्छ स्थलमा फर्किने हो सुदिन,
अनि आकाशमा जगमगाउने हुन् त्यो जुन ।।