• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हामीले प्रणाली परिवर्तन गर्यौं, कानुन, संविधान परिवर्तन गर्यौं। तर मानसिकता परिवर्तन गर्न सकेनौं। : शिवमायामा

नेपाल पोस्ट दैनिक
    January 3, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौँ १८ पुस । पार्टीमा महिला सहभागिता कम भयो भन्ने विषय पार्टी एकतादेखि नै उठ्दै आएको छ।

स्थायी कमिटी बैठकमा पनि यही विषय सदस्यहरूले उठाए। ४५ सदस्यीय स्थायी कमिटीमा २ जनामात्रै महिला हुनुहुन्छ। महिला सहभागिताको कुरा उहाँहरूले मात्रै उठाउनुभयो भन्ने सुन्नमा आएको छ।

यो सत्य हो भने दु:खदायी कुरा हो। यो विषय महिलाको मात्रै हुनुपर्ने थिएन।  या त पुरूष साथीहरूले बोल्नुभएन या त समाचारमा आएन, बाहिर सुनिएन। हाम्रोजस्तो पार्टीमा समावेशी सहभागिता र कानूनलाई मानेर जानुपर्छ भन्ने विषय महिलाको मात्रै नहुनुपर्थ्यो।

हामीले प्रणाली परिवर्तन गर्यौं, कानुन, संविधान परिवर्तन गर्यौं। तर हामीले मानसिकता परिवर्तन गर्न सकेनौं। र त्यो अन्तिम निर्णय गर्ने कुर्सीमा जुन ढंगको सहभागिता हुनुपर्थ्यो। हामीले त्यो सहभागितालाई पनि परिवर्तन गर्न सकेनौं।

नयाँ संविधान आइकन पहिलो निर्वाचन भएपछि हरेक ठाउँमा उपमामात्रै महिलाहरू लैजाने भन्ने खालको एउटा मानसिकता देखियो। अब मुख्यमन्त्री आदि/इत्यादिको त कुरा छोडौं, तर मन्त्रिपरिषदमा पनि महिला छैनन्। सबैभन्दा धेरै महिला सशक्त भएको, सबैभन्दा धेरै राजनीतिक आन्दोलन उठेको प्रदेश १ र प्रदेश ३ को मन्त्रिपरिषदमा महिलाको संख्या शुन्य छ। यो त उहाँहरू आफैंलाई पनि अप्ठेरो/लाज लाग्न पर्ने हो। एकजना महिला पनि सहभागी नगराएर सरकार चलाउने अनि समावेशी, समानुपातिक सहभागितलाई आत्मसात् गरेका छौं भन्ने खालको कुरा भन्न अप्ठेरो मान्दिए पनि हुन्थ्यो।

पार्टीको निर्णय तहबाटै महिला सहभागिता हुन दिएका छैनन्।

हिजो जुन बेला हामीले पार्टीलाई स्थापित गर्यौं, त्यतिखेर हामीसँग महिला विभाग थियो। सबै पार्टीमा महिला विभाग थिए, तर आज सबै पार्टीले महिला विभाग खारेज गरेको छ। संसदभित्र यस्ता विषय उठाउन हामीसँग महिला सांसद समूह थियो त्यसले महिलाका विषयमा एकीकृत हिसाबले आफ्ना आवाज उठाउन थालेपछि महिला सांसद समूह पनि खारेज गरिएको छ। सेतोपाटिबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑